दोधारा । कञ्चनपुरमा सुरक्षाकर्मीमाथि हातपात गरेको भन्दै पक्राउ परेका मानसिक सन्तुलन ठीक नभएका पुरुषमाथि प्रहरी हिरासतमै निर्घात कुटपिट गरिएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ को दोधाराचाादनीका विरेन्ऽ बोगटीलाई ईलाका प्रहरी कार्यालय झलारीको हिरासतमा कुटपिट भएको आफन्तले आरोप लगाएका छन् । ८ वर्षदेखि मानसिक रोगको औषधी सेवन गर्दै आएका बोगटीलाई शुक्लाफााटा नगरपालिकाको झलारी चोकमा डिउटीमा खटिएका सुरक्षाकर्मी र स्थानीयमाथि हातपात गरी आतंक मच्चाएको भन्दै ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेर सख्त घाईते बनाएपछि धनगढीको नोभा अस्पतालमा उपचार भईरहेको छ। बोगटीका भाई तिलक बोगटीले भदौा ९ गते घरबाट मोवाईल बनाउन भन्दै उनी निस्केको बताए। मानसिक रोगको औषधी सेवन गरिरहेका उनी सम्पर्क बिहिन भएपछि ११ गते झलारी प्रहरीले नियन्त्रणमा लिएको खबर सुनेपछि आफूहरु त्यहाा पुगेको बताए। ‘तर प्रहरीले मानसिक सन्तुलन ठीक नभएको र चोट पटक लागेको भन्दै लैजान भनेपछि उपचारका लागि धनगढी ल्याएका छौ।’ बोगटीले भने । उनले सुरक्षाकर्मीको कुटपिटबाट दाजु सख्त घाईते भएर बोल्न नसक्ने अवस्थामा रहेको बताउादै तल्लो शरिर सुनिएको र शरिरभरी घाउ भएको बताए। उनले दिसापिसाब समेत अहिले शरिरमै गरिरहेको बताउादै बोगटीले दाजुमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गरे । यता ईलाका प्रहरी कार्यालय झलारीले भने बोगटीमाथि हिरासतमा कुटपिट नभएको दावी गरेको छ। ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक धर्मेन्ऽ रावलले बोगटीलाई नियन्त्रणमा लिने क्रममा नै उनीमाथि कुटपिट भएको दावी गर्दै भने, ‘उनको शरिरमा निलडाम थिए। डिउटीमा रहेका सुरक्षाकर्मी र स्थानीयमाथि ढुङ्गामुढा गरी कुटपिट गरेको देखिन्छ। सोही क्रममा स्थानीयले कुटेका होलान।’ नियन्त्रणमा लिने क्रममा बोगटीको स्वास्थ्य परीक्षण किन गरिएन ? भन्ने प्रश्नमा रावलले बिहान पक्राउ गरी दिउासो आफन्तलाई बुझाईसकेकाले परीक्षण नगरिएको दावी गरेका छन्। तर आफन्तले भने कुटपिट गरी गम्भीर घाईते भएपछि प्रहरीले स्वास्थ्य अवस्था बारे जानकारी नै नदिएको र ज्यानमा तलमाथि भए आफू फस्ने डरले हतार हतारमा बुझ्न लगाएको आरोप लगाएका छन् । ‘प्रहरीले हामीलाई स्वास्थ्य अवस्था बारेमा केही बताएन। जब दाजुलाई बुझ्ने कागजपत्र गर्यौा त्यसपछि मात्र थाहा भयो निर्घात कुटपिट गरेका रहेछन्।’ उनका भाई तिलकले दिनेश खबरसाग भने । तर प्रहरी निरिक्षक रावलले भने बोगटीले प्रहरी कार्यालयमा तोडफोड गर्न थालेपछि आफन्तको जिम्मा लगाएको बताए। उनीहरुले बुझेपछि प्रहरीले नै बोगटीलाई उपचारका लागि धनगढी लैजान सुझाएको थियो। चिकित्सकले समेत कुटपिटबाट मानसिक अवस्था थप बिग्रिएको भनेको उनका भाई तिलकले बताए ।
https://www.youtube.com/watch?time_continue=5&v=DvfRSMeBYy8&feature=emb_logo

Please don't try to Spam :)