कता हरायो पीसीआर रिर्पोट ? दोधारा चाँदनीमा ३ सय जना पिसिआर रिर्पोटको पर्खाईमा

pappu kalapani
0
पप्पु गुरुङ्ग 
‘६० हजार भन्दा बढी जनसंख्या रहेको माहाकाली नगरपालिका लागि यो संकटकालमा पिसिआर जाँच पछि रिर्पोटनै नआउनु आफैमा दुर्भाग्यपूर्ण अवस्था हो । परीक्षणको उचित प्रवन्ध नभएकै कारण माहाकाली नगर क्षेत्रमा संक्रमितहरुको पहिचान हुन नसके हो । संक्रमितहरुको समयमैं पहिचान हुन नसक्दा संक्रमण समुदायस्तरमा फैलने खतरा बढिरहेको छ । स्वास्थ्यकर्मीहरुले पनि माहाकाली नगरपालिका क्षेत्रमा ‘संक्रमणको विष्फोटन हुने’ चेतावनी दिइसकेका छन’
अहिले आएर माहाकाली नगरपालिकामा कोरोना भाइरसको संन्त्रास छाएको छ् । माहाकालीका बिभिन्न क्वारेन्टाईनमा बसेकाहरुको र्‍यापिड टेष्टको रिर्पोटमा पोजिटिभ देखिन थालेपछि स्थानियहरुमा त्रासको बाताबरण छाएको छ् । अहिले सम्म ९ जनालाई कोरोना संक्रमण भएको पुष्ठी भएको हो । जसमा ४ जना कोरोनाको लक्षण देखा नपरेको भन्दै घर पठाईएको छ् । हुन त चिकित्सकहरुले र्‍यापिड टेष्ट कोरोना भाईरस संक्रमण भए नभएको पत्ता लगाउने बिधी नभएको बताउदै आएका छन् । तर माहाकाली नगरपालिका क्षेत्रमा नेपाल सरकारले पिसिआर टेष्ट को सुबिधा नगरेको कारण र्‍यापिड टेष्टलाई अन्तिम मान्नु पर्ने अवस्था छ् । आज सम्म माहाकालीका बिभिन्न क्वारेन्टईनमा झण्डै ३ सय ५० जना कोरोनाको कारण रोजगारी गुमेर घर फर्केका बस्दै आएका छन् । माहाकाली नगर क्षेत्रमा झण्डै ६० हजार जनताहरु बसोबास गर्छन् । माहाकाली नगर क्षेत्रका जनताको स्वास्थ्यमा गरेको बर्तमान सरकार यो खेलवाड गर्दैै आएको छ् । स्वास्थ्य जस्तो संबेदनशिल बिषयमा समेत सरकारको चरम लापरवाहीले सरकार प्रति स्थानियहरुको हेराई फरक भएको छ् । नेपाल सरकारले कोरोनो भाईरसको संक्रमणको कारण सिमा क्षेत्र सिल गरेपछि माहाकाली नगर क्षेत्र नजिकको भारतिय जंगलमा भारतबाट आएका नेपालीहरुलाई माहाकाली नगरपालिका र स्थानियहरुले उद्धार गर्दै उनिहरुको लागी खान र बस्नको ब्यवस्था गऱ्यो । कोरोना भाइरसको कारण भारतमा रोजगारी गुमेर भारतिय सुरक्षाकर्मीको कुटाई र सहन गर्न नसक्ने पिडा खेप्दै लामो दुरी यात्रा तर गरेर पैदल आएका नेपालीहरुलाई खान र बस्नेको ब्यवस्था माहाकाली नगरपालिका र यहाका स्थानिय जनताले गरेका हुन् । पिडा खेप्दै भारतको बिभिन्न शहरबाट आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाका स्थानियहरुले साता दिन सम्म घरबाटै खाना पकाएर खुवाए । भारतबाट आएका ति नेपाली माहाकाली नगरपालिकाका मात्रै थिएनन् । कालिकोट, जाजरकोट, डोटी, कैलाली, काठमाण्डौं समेतका नेपालीहरु भारतबाट माहाकाली नगरपालिकाको भुमि प्रयोग मात्रै गरेनन् । उनिहरुलाई यहाँ स्थानिबासीहरुले घरमै पकाएका रोटी, दाल, भात र तरकारी खुवाए । त्यत्तीन्जेल संघिय सरकार प्रदेश सरकारको उपस्थिती देखिएन् । माहाकाली नगरपालिकाको खुला सिमाना हुदै झण्डै १२ हजार भन्दा बढी नेपाली नेपाल भित्रिएको एक तथ्यांक छ् । माहाकाली नगरपालिका क्षेत्रमा पिसिआर टेष्टमा ढिलाई भएकै कारण थप कोरोना संक्रमित देखिएका छैनन् । क्वारेन्टाईनमा बसेकाहरु बिरामी पर्दै आएका छन् । उनिहरुलाई सिटामोलको भरमा उपचार जारी छ् । नेपाल सरकारको कछुवा तालमा पिसिआर जाचको कारण को संक्रमित छ भन्न सकिने अवस्था छैन् । कोरोना संक्रमित नदेखिनु सबैको लागी सुखद बिषय हो भने अर्कातिर यो अवस्था भुस भित्रको आगो त होइन भन्ने आशंका पनि गर्न थालिएको छ् । भारतले लकडाउनकैं अवधिमा विभिन्न ठूला शहरबाट देश भरि ‘श्रमिक रेल’ चलाएपछि मात्रै माहाकाली नगरपालिका क्षेत्रमा ५ हजार जती नेपाली नागरिक भित्रिएका छन् । त्यस अघिको माहाकाली नगरपालिकाको भुमी प्रयोग गरेर आउने संख्या जोड्ने हो भने १२ हजार जती पुग्छ् । संक्रमणको उच्च गति रहेको भारतबाट यति ठूलो संख्यामा नागरिकहरु भित्रिएका छन् र पछिल्लो समय संक्रमण देखिएकाहरु मध्य पनि भारतबाटै आउने धेरै छन् । यसबाट माहाकाली नगरपालिका संक्रमणमुक्त रहेको हो वा यो अवस्था कृत्रिम हो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । सुदूरपश्चिममा परीक्षणको दायरा र सुविधा दयनीय अवस्थामा रहेको हुनाले पनि संक्रमण न्यून देखिएको हो भन्ने तर्कलाई बल मिल्दछ । र्‍यापिड टेष्टमा पोजिटिभ देखिएका ब्यक्तीको मात्रै पिसिआरको लागी स्वाब संकलन गर्ने गरिन्छ् । माहाकाली नगरपालिकामा झण्डै २२ दिन क्वारेन्टाईनमा बस्दा समेत पिसिआरको रिर्पोट आएको छैन् । कोही कोही होम क्वारेन्टाईनमा बसेर पिसिआर रिर्पोटको पर्खाईमा छन् । माहाकाली नगरपालिकाको बिभिन्न क्वारेन्टईनमा पिसिआर जाँचको लागी स्वाब संकलन गरेको झण्डै २२ दिन सम्म रिर्पोट नआउदा क्वारेन्टाईनमा बसेकाहरुको मनोबल कमजोर हुदै आएको छ् । माहाकाली नगर क्षेत्रमा रहेको २८ वटा क्वारेन्टईनको अवस्था मापदण्ड बिपरितनै छ् । क्वारेन्टाईनमा सुरक्षाको अभाव पहिलो रहेको छ् । ब्यवस्थीत ब्यवस्थाकै कारण क्वारेन्टाईनबाट संक्रमण बढ्ने सम्भावना भने प्रबल देखिन्छ् । धनगढी स्थित सेती अस्पतालमा रहेको कोरोना परीक्षणका लागि प्रादेशिक प्रयोगशालामा जम्मा एउटा पिसिआर मसिनबाट स्वाबहरुको परीक्षण भइरहेको छ । काठमाडौंबाट आएका तीन जना प्राविधिकले चौबीसै घण्टा स्वाब परीक्षण गरिरहेका भए पनि मसिन र जनशक्तिको अभावमा संकलित स्वाब जाँच्न थुप्रै दिन लाग्दै आएको छ् । ६० हजार भन्दा बढी जनसंख्या रहेको माहाकाली नगरपालिका लागि यो संकटकालमा पिसिआर जाँच पछि रिर्पोटनै नआउनु आफैमा दुर्भाग्यपूर्ण अवस्था हो । परीक्षणको उचित प्रवन्ध नभएकै कारण माहाकाली नगर क्षेत्रमा संक्रमितहरुको पहिचान हुन नसके हो । संक्रमितहरुको समयमैं पहिचान हुन नसक्दा संक्रमण समुदायस्तरमा फैलने खतरा बढिरहेको छ । स्वास्थ्यकर्मीहरुले पनि माहाकाली नगरपालिका क्षेत्रमा ‘संक्रमणको विष्फोटन हुने’ चेतावनी दिइसकेका छन् । आगामी दिनमा कोरोना संक्रमणले नगर क्षेत्रको सम्पूर्ण पद्दतिलाई अस्तव्यस्त पार्न सक्ने जोखिमलाई दृष्टिगत गरेर जिम्मेवार निकायहरुले तत्काल परीक्षणको दायरा, प्रबन्ध र गति बढाउन जरुरी भइसकेको छ् । संघीय सरकारको मुख नताकी प्रदेशले यति बेला आफ्नो प्रयास पिसिआर परीक्षण बढाउने तर्फ ध्यान केन्द्रीत गर्नु जरुरी छ् । यदि संक्रमणले आफ्नो गती लिन थालेपछि ‘लगन पछिको पोते’ हुने छ् । 


Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)