माईती नेपालको माहाकालीमा सुचना तथा परामर्स केन्द्र स्थापना
पप्पु गुरुङ्, २ बैशाख, दोधारा । माहाकालीमा माईती नेपालले आज सुचना तथा परामर्स केन्द्र स्थापना गरेको छ् । आज माहाकाली नगरपालिकाको महाकाली झोलुङ्गे पुल नजिक एक कार्यक्रम बिच माईती नेपालले सुचना तथा परामर्स केन्द्र स्थापना गरेको हो । कञ्चनपुरको गड्डाचौकी क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अधिकारकर्मीको उपस्थिती बाक्लो भएको कारण अहिले आएर महाकाली झोलुङ्गे पुल हुदै माहाकाली नगरपालिका क्षेत्र भएर भारत मानव तस्करी हुने गरेको भन्दै माहाकाली नगरपालिकाको महाकाली झोलुङ्गे पुलमा माईती नेपालले सुचना तथा परामर्स केन्द्र स्थापना गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । ‘महाकाली झोलुङ्गे पुल नजिक सुचना तथा परामर्स केन्द्र स्थापना गर्न आवश्यक रहेको हुदा हामीले आज देखि उक्त स्थानमा केन्द्र स्थापना गरेका हौ’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भन्नुभयो । माहाकाली नगर क्षेत्र हुदै कतिपय महिलाहरु भारत तथा तेस्रो मुलुक पुग्ने गरेको हुदा माईती नेपालले माहाकाली नगर क्षेत्रमा स्थापना गरेको सुचना तथा परामर्स केन्द्र उल्लेखनिय भएको माहाकाली नगरपालिकाका नगरप्रमुख तथा मानव बेचबिखन ओसार पसार नियन्त्रण स्थानिय समितिका संयोजक बिर बहादुर सुनारले बताउनुभएको छ् । माहाकाली नगरपालिका क्षेत्रमा पनि माईती नेपालले समयमा भारतको बिभिन्न शहरबाट बेचबिखनमा परेका महिला उद्धार गरेको बताउदै माहाकाली नगर क्षेत्रमा रहेको मानव बेचबिखन तथा नियन्त्रणमा सुचना तथा परामर्स केन्द्र स्थापनाले निकै सघाउ पुग्ने नगर प्रमुख सुनारको भनाई रहेको छ् । माहाकाली नगरपालिका क्षेत्र मानव बेचबिखनको ट्रान्जिटको रुपमा प्रयोग हुदै महाकाली झोलुङ्गे पुलमा माईती नेपालले स्थापना गरिएको सुचना तथा परामर्स केन्द्र निकै लाभदायक हुने बक्ताहरुले जोड दिएका छन् । माईती नेपालले आज देखि महाकाली झोलुङ्गे पुल नजिक केन्द्र स्थापना गरेर महिला तथा बालवालिकाहरु ओसार पसार तथा बेचबिखन लाई न्युनीकरण सघाउ पुर्याउने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले बताउनुभएको छ् । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको उद्धघाटन बैठकमा माहाकाली नगरपालिका वडा नंं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली, वडा नं. ४ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता भक्त बहादुर सुनार, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक नरेन्द्र चन्द, महिला अधिकारकर्मी खिमा चन्द, स्थानिय गगन सिंह, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रतिनिधीको साँझा उपस्थिती रहेको थियो ।
माईती नेपालको माहाकालीमा सुचना तथा परामर्स केन्द्र स्थापना
April 15, 2018
0
Please don't try to Spam :)