सुन्दरनगर नेपाल भारतको सिमा क्षेत्रमा एक पुरुष मृत फेला

DC Digital Photo Studio
0

 




दोधारा दोधारा चाँदनी  नगरपालिका८ सुन्दरनगर नेपाल भारतको सिमा क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका  छन्।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका अनुसार भारतको पिलिभित जिल्लामा  बस्ने अन्दाजी ३३ वर्षीया महेन्द्र पाल  मृत अवस्थामा फेला परेका हुन्। बुधबार दिउँसो नेपाल भारतको सिमाना सुन्दरनगरको १० गजा क्षेत्रमा मृत अवस्थामा गाउँलेले फेला पारी इलाका प्रहरी कार्यालयमा खबर गरेको प्रहरीले जनाएको छ।
पुरुषको शव पोस्टमार्टमका लागि दोधारा प्राथमिक स्वास्थ्य केन्द्र लगिएको र सो घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनी मुद्दा फाँटले जनाएको छ। निज पुरुषको अत्यधिक रक्सि सेवनका कारणले मृत्यु भएको हुनसक्ने स्थानीयवासीको अनुमान छ।

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)