मनकारी मन : समाजसेवी रावलको सराहनिय कार्य, माहाकाली नगरपालिकालाई ४५ हजार बराबरको साबुन पप्पु गुरुङ्ग, दोधारा ।

BDxoul
0

विश्वमा फैली रहेको महामारी कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागी माहाकाली नगरपालिकामा एक समाजसेबीले झण्डै ४५ हजार बराबरको साबुन सहयोग पठाउनुभएको छ् । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. ६ ऐठपुर (भानु चोक) निवासी दिलेन्द्र रावलले माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारलाई एक पत्र लेखी २१ सय २४ पिस अर्थात झण्डै ४५ हजार बराबरको साबुन सहयोग पठाउनुभएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले जानकारी दिनुभएको छ् । माहामारीको बेलामा भिमदत्त नगरपालिका वडा नं. ६ ऐठपुर (भानु चोक) निवासी दिलेन्द्र रावलले ब्यक्तीगतरुपमा माहाकालीबासीको लागी सहयोग पठाउनुभएकोमा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले दाता रावललाई धन्यबाद दिदै दुखको घडीमा सहयोग गरेको बताउनुभएको छ् । प्राप्त साब्नलाई माहाकाली नगरपालिकामा स्थित रहेको नेपाल रेडक्रस सोसाईटी दोधारा र नेपाल रेडक्रस सोसाईटी चाँदनीलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरणमा नेपाल रेडक्रस सोसाईटी दोधाराका अध्यक्ष राजेन्द्र मल्ल ठकुरी, सचिव मोहन सुनार, नेपाल रेडक्रस सोसाईटी चाँदनीका अध्यक्ष जित बहादुर जिसी, माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली, माहाकाली नगरपालिकाका नगर प्रमुखका सचिवालयका सल्लाहकार मदनलाल सुनार रहनुभएको थिए । ‘सफा बसौं, संक्रमणबाट बर्चौं । आदर्णिय मेयर सा’व, आज बिश्व कोरोना भाइरसको माहामारीले संकटग्रस्त छ् । यस घडीमा सबैले एकजुट भई लड्नु पर्ने भएकोले सानो प्रयास गरेको छु । मेयर सा’वको सहयोग तथा प्रयासका लागी ह्रदय देखी धन्यबाद दिन चाहान्छु । अहिले १० पेटी साबुन पठाईरहेको छु । दिलेन्द्र रावल ( भिमनपा–६ ऐठपुर)’ दाता दिलेन्द्र रावलले माहाकाली नगरपालिकाका नगर प्रमुखलाई पत्रमा लेखेका छन् ।  माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले नितान्तै ब्यक्तीगतरुपमा दाता रावलजीले पठाउनुभएको साबुन माहाकाली नगरपालिकामा स्थित दोधारा र चाँदनीका रेडक्रस उपशाखालाई हस्तान्तरण गरेको भन्दै रावलजीले यस घडीमा पठाउनुभएको सहयोगको माहाकाली नगरपालिकाले उच्च सम्मान गरेको बताउनुभएको छ् ।

News by :Pappu kalapani
Stay connected to our Facebook page : FACEBOOK
Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)