भारतमा अलपत्र नेपालीहरुलाई नेपाल संग समन्वय नगरेरै धमाधम नेपाल तर्फ पठाइदै

pappu kalapani
0

दोधारा । कोरोना भाइरसको संक्रमण न्युनीकरणका लागि लकडाउन जारी रहेको भएपनि भारतले नेपालसंग समन्वय नगरेरै त्यहाँ अलपत्र अवस्थामा रहेका नेपाली नागरिकहरुलाई धमाधम नेपालतर्फ पठाउने काम गरिरहेको छ । तर उनीहरुलाई नेपाल भित्र्याउन ढिलाइ हुने गरेका कारण उनीहरु लुकिछिपी नेपाल भित्रिने गरेका छन् । यसतर्फ कञ्चनपुरका आमजनसमुदाय सहित नागरिक समाजले चिन्ता व्यक्त गरेको छ ।कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशहरुमा लकडाउन कायम छ । रोजगारी तथा अध्ययनका लागि प्रवासमा गएका अधिकांश नेपाली नागरिकहरु लकडाउनका कारण प्रवासमा अलपत्र परेका छन् । प्रवासमा अलपत्र परेका नेपाली नागरिकहरुको उद्धारका लागि नागरिक स्तरबाट निरन्तर सरकार र सरोकारवाला निकायलाई आग्रह गरिदैँ आएको छ ।यसबीचमा भारतका विभिन्न क्षेत्रबाट नेपाल फर्कन भनेर सीमा क्षेत्रसम्म पुगेका केही नेपाली नागरिकहरुलाई डेढ महिनासम्म पनि भारतीय क्वारेन्टाइनमा राखेर स्थानीय प्रशासनले नेपाल प्रवेश गराएको छ । तर भारतमा अलपत्र परेका आफ्ना नागरिकलाई नेपाल ल्याउन सरकारले नीतिगत निर्णय नगरेका कारण उनीहरु अवैध बाटो हुँदै नेपाल प्रवेश गर्न थालेपछि थप चिन्ता र जोखिम बढेको छ ।
Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)