सशस्त्र प्रहरीद्धारा ६ सय ५० नेपालीको उद्धार : उच्च जोखिममा दोधारा चाँदनी
May 24, 2020
0
दोधारा । विश्वव्यापी फैलिएको महामारीमा कामकाज बन्द भइ भारतका विभिन्न ठाँउवाट आएर माहाकाली नगरपालिकाको सिमा क्षेत्रमा अलपत्र परेकालाई गएराती देखी बिहान सम्म गरि ६ सय ५० जना नेपालीहरुलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ् । माहाकाली नगरपालिका लगाएत बिभिन्न स्थानका भारतबाट फर्केका नेपालीहरुलाई गएराती देखी आज बिहान सम्म गरि ६ सय ५० जना नेपालीहरुलाई उद्धार गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी श्रोतले जानकारी दिएको छ् ।
उनिहरु सबैलाई माहाकाली नगरपालिका वडा नं. ३ जामुनाघारी दशगजा क्षेत्र तथा वडाका क्वारेन्वटाईनमा राखिएको छ् । माहाकाली नगरपालिका र स्थानियहरुले उनिहरुको लागी खाने पानी र खानाको ब्यवस्था गर्दै आएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । माहाकाली नगरपालिकाका नगर प्रबक्ता सिजाली अनुसार माहाकाली नगरपालिकाको आश्रय स्थलमा बसेकाहरुलाई उनिहरुको गन्तब्य तथा स्थानियहरुलाई क्वारेन्टाईनमा बस्ने तयारी गरेको बताएका छन् । आश्रय स्थलमा बसेकाहरु माहाकाली नगरपालिका, बैतडी, कालिकोट लगाएत क्षेत्रको रहेको सशस्त्र प्रहरी सिमा सुुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले जानकारी दिएका छन् । ‘हामी संकटमा परेका नेपालीको उद्दार गर्दै उनीहरुको भोजन खुवाएर सम्बन्धीत पालिकामा पठाईरहेका छौं’ माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताए । सिमा क्षेत्रबाट उद्दार गरेर क्वारेन्टाईनमा राखिएका विभिन्न स्थानीय तहका स्थानीयलाई लैजान पटक पटक सम्बन्धीत स्थानीय तहमा सम्पर्क गर्दा पनि कुनै वेवास्ता गरेको बताईएको छ् । ‘हामी यता भारतीय सीमाबाट जसरी तसरी नेपाली दाजु भाईको उद्दारमा खटिएका छौ । ‘स्थानीय तह संग आएर आफ्ना स्थानीय पालिकाबासीलाई लैजाउ भन्दा बेवास्ता गर्छन’ माहाकाली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष अर्जुन दत्त भट्टले भने । माहाकाली नगरपालिकाले माहाकाली नगरपालिका बाहेक अन्यपालिकाका नेपालीहरलाई महाकाली झोलुङ्गे पुल हुदै पठाउदा कोरोना भाइरस संक्रमण बढ्ने भन्दै महाकाली झोलुङ्गे पुलमा भिमदत्तका स्थानियहरुले तालाबन्दी गरेको खबर आएको छ् । यसरी महासंकटका बेला सीमा क्षेत्रमा लुकिछिपी आउने नेपालीको उद्दार गरेपछि उनिहरुले शसस्त्र प्रहरी र माहाकाली नगरपालिकालाई आभार प्रकट गरेका छन् ।
Tags
Please don't try to Spam :)