दोधारा चाँदनीको दशगजामा ७ नेपाली : भारतले जा भन्छ, नेपाल सरकारले बाटो छेक्छ !

pappu kalapani
0

दोधारा । । माहाकाली नगरपालिकाको नेपाल–भारत संग सीमा जोडिएका दशगजा क्षेत्रमा ३ नेपाली आज बिहान मात्रै पुगेका छन् । उनिहरु भारतको बिभिन्न स्थानबाट पैदल यात्रा तय गरि भारतिय प्रहरीबाट कुटिदै पिटिदै आएको उनिहरुले बताएका छन् । माहाकाली नगरपालिका वडा नं. ३ जामुनाघारी नजिक नेपाल–भारत सिमा क्षेत्रको दशगजा क्षेत्रमा नेपाली सुरक्षाकर्मीहरुले उनिहरुलाई रोकेर राखेको छ् । माहाकाली नगरपालिकाका नगर प्रमुख श्री बिर बहादुर सुनारले उनिहरुलाई माहाकाली नगरपालिकाले खान र दशगजा क्षेत्रमा बस्नको ब्यवस्था गर्ने बताउनुभएको छ् । भारतको बिभिन्न शहरमा रोजगारीका लागी गएका र कोभिड १० को कारण रोजगारी बन्द भएर खान र बस्नको समस्या परेको बताउदै घर फर्केको उनिहरुले बताएका छन्  । माहाकाली नगरपालिका वडा नं. ६ का दिपक दमाई, करन चन्द, महेश परियार, टेक बहादुर शाही, दिपक चन्द, वडा नं. ७ का मानव परियार, कैललीका राजेश चौधरी, मनिष चौधरी, बाँकेका बिनोद चौधरी, पदम बहादुर बुढा रहेका छन् । उनिहरु सबैलाई निर्देशन नआउन्जेल दशगजा क्षेत्रमा खान र बस्नको ब्यवस्था गरिने बताईएको छ् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)