दोधारा । माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रबाट भारतको बिभिन्न शहरबाट घर फर्कनेको लर्को लागेको छ् । जस मध्य ९ सय ८४ जना नेपाली नेपाल भित्रिसकेका छन भने, २ सय २३ जना दशगजा क्षेत्रमा राखिएको छ् । माहाकाली नगरपालिकाका ३ सय ७१ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने, अन्यपालिकाका ५ सय ९४ जना नेपालीहरुलाई सम्बन्धीत पालिकाको समन्वयमा उनिहरुको गन्तब्य पठाईएको छ् । अझै सम्म आएका मध्य पहीलो पल्टमा ३६ जना र दोस्रो पटकमा ५७ जनालाई पिसिआर जाँच गरिएको हो । उनि सबै जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ् । अन्य आएकाहरुलाई र्यापिड टेष्ट समेत गरिएको छैन् । र्यापिड टेष्ट गर्ने किटको अभाव भएपछि सबैलाई स्वास्थ्य चेक जाँच बिना सम्बन्धित स्थानिय तहको जिम्मा लगाईएको छ् भने, क्वारेन्टाईनमा राखिएकाहरुलाई पछि जाँच गर्ने बताईएको छ् । कञ्चनपुरमा भारतबाट आउनेको संख्या बढेपछि अब क्वारेन्टाईनको निगरानी नेपाली सेनाले गर्ने भएको छ् । आजै कञ्चनपुरको पुनर्वास, बेलौरी, बेल्डाँडी, लालझाडी र माहाकाली नगरपालिकामा नौ जनाको टोली रहने गरि सेना खटाईएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिएका छन् ।
दोधारा चाँदनीमा भारतबाट आउनेको लर्को, क्वारेन्टाईनको निगरानी अब सेनाले गर्ने
May 22, 2020
0

Tags
Please don't try to Spam :)