अपाङ्ग भएका व्यक्तिलाई माहाकाली नगरपालिकाको राहत

pappu kalapani
0

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाले अपांग भएका ब्यक्तीहरुलाई राहत दिन सुरु गरेको छ् । लकडाउनको कारण खाद्यान्नको समस्यमा परेका माहाकाली नगरपालिकाको २ सय ४ जना क र ख बर्गका अपांग भएका ब्यक्तीहरुलाई खाद्यान्न बितरण सुरु गरेका् माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् । लकडाउनको कारण घरमा चुल्हो जल्न समेत समस्या भएकाहरुका लागी माहाकाली नगरपालिकाले खाद्यान्न बितरण गर्न थालेपछि अपांग भएका ब्यक्तीमा खुशी छाएको हो । एनएनएसडब्लुए कञ्चनपुरले माहाकाली नगरपालिकालाई उक्त राहत सामग्री पठाएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । कोभिड १९ को कारण क र ख बर्गका अपांग भएका ब्यक्तीहरुलाई दैनिक खाद्यान्न तथा ब्यक्तीगत स्वास्थ्यमा सरसफाईमा समेत समस्या उत्पन्न भएको बताउदै माहाकाली नगरपालिका संग समन्वय गरि राहत सामग्री पठाएको एनएनएसडब्लुए कञ्चनपुरका प्रतिनिधी राज कुमार सुनारले जानकारी दिएका छन् । हिजो माहाकाली नगरपालिकाको वडा नं. ६ वडा कार्यालयमा एक कार्यक्रमको बिच वडाका अपांग भएकाहरुलाई उक्त राहत सामग्री बितरण कार्य सुरु गरिएको बताईएको छ् । प्रत्येक अपांग भएका ब्यक्तीहरुलाई १५ केजी मसिनो चामल, १ केजी दाल, १ लिटर खाने तेल, १ केजी नुन, १ सय ग्राम मसाला, १ सय ग्राम खुर्सानी, ८ सय ग्राम चिनी, १ सय ग्राम चियापत्ती, १ पिस टुथपेष्ट, २ पिस टुथ ब्रस, १ पिस सेनिटाईजर, नुहाउन र कपडा धुने साबुन १–१ पिस, मास्क २ पिस, कोभिड १९ सम्बन्धी सचेतनामुलक पुस्तीका १ थान रहेको छ् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)