नागरिक सुशासन समाज दोधारा चाँदनीको संयोजकमा उत्तम सुनार

pappu kalapani
0


दोधारा । नागरिक सुशासन समाज दोधारा चाँदनीको संयोजकमा उत्तम सुनार निर्वाचित भएका छन् । गए सुक्रवार बसेको एक भेलालले नागरिक सुशासन समाज दोधारा चाँदनीका संयोजकमा उत्तम सुनारलाई संयोजक पदमा छनौट गरेको हो । भेलाले उपाध्यक्षमा उषा भट्ट, सचिवमा नवराज भट्ट, सह–सचिवमा वर्षा खत्री, कोषाध्यक्षमा दुर्गा बडुवाल गरि सदस्यमा लक्ष्मी सुनार, कल्पना जिसी, सागर नेपाली, मिरा शाही गरि ९ सदस्यीय नागरिक सुशासन समाज चयन गरिएको नागरिक सुशासन समाज दोधारा चाँदनीका संयोजक उत्तम सुनारले जानकारी दिएका छन् । जनतालाई जागरुक गराई सरकारका काममा सहयोग गरी दिगो शान्ती र अमनचयन स्थापना गर्नु नागरिक सुशासन समाजको लक्ष्य रहेको बताईएको छ् । भ्रष्टाचारका विषयमा नागरिक समाज उत्तिकै खरो उत्रने, गलत कार्यमा सरकारलाई घच्घच्याउने र खबरदारी गर्ने, नागरिक सुशासन समाजको मुल उद्धेश्य रहेको नागरिक सुशासन समाज दोधारा चाँदनीका संयोजक सुनारको भनाई रहेको छ् । समाज र राष्ट्रलाई सही बाटो हिड्न प्रेरणा दिने, जनताका जल्दाबल्दा समस्याहरु समाधानका लागी आवाज उठाउन नेतृत्व गर्ने र समाजका विकृति र विसंगती विरुद्ध प्रहररुपमा आवाज उठाउन नागरिक सुशासन समाज दोधारा चाँदनी गठन गरिएको उनको भनाई रहेको छ् । भेलाले नागरिक सुशासन समाज दोधारा चाँदनीको सल्लाहकारमा टेकराज गिरी, अमृत बिक, प्रेम कार्की, कमल सुनार छनौट गरेको छ् । भेलामा नागरिक सुशासन समाजका प्रदेश अध्यक्ष बिर बहादुर बोहरा, प्रदेश उपाध्यक्ष धन बहादुर धामी, प्रदेश सदस्य कृष्ण देव बाघ, नागरिक सुशासन समाज जिल्ला अध्यक्ष गणेश भण्डारी, भ्रष्टाचार तथा सामाजिक हिंसा बिरुद्ध सामाजिक अभियन्ता डम्मर राज भट्ट लगाएतको उपस्थिती रहेको थियो । चयन भएका सबै नव पदाधिकारीहरुलाई बधाई संग कार्यकालको सफलता कामना गरिएको थियो । 


Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)