दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दिनदिनै कोरोना भाईरसको लक्षण भएको बिरामीहरु आउने गरेका छन् ।
पिसिआर तथा एन्टिजिन किटको अभाव संगै आएका बिरामीहरुलाई संक्रमित भएको नभएको पत्ता लगाउन सकिएको छैन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन राज चौधरी कोरोना संक्रमितहरुको उपचारमा दिन रात खटिदै आएका छन् । स्वास्थ्यकर्मीहरु संग स्वास्थ्य सामग्रीको अभावको बाबजुत बिरामीहरुको उपचारमा दिन रात खटिदै आएपछि उनिहरुमा जोखम बढेर गएको हो ।
कोरोना संक्रमण भएका बिरामीहरुलाई अन्य अस्पतालमा पठाएर उपचार गर्न नसकिने अवस्था श्रजना भएपछि डाक्टर चौधरी र उनका टिम चौबिसै घण्टा कोरोना संक्रमितहरुको उपचारमा ब्यस्त देखिन्छन् । स्वास्थ्य केन्द्रमा कोरोना परिक्षण गर्ने किटको अभाव संग अक्सिजनको चरम समस्या देखा पर्न थालेको छ् ।
दोधारा चाँदनी नगरपालिकाका जनताको बिश्वासिलो डाक्टर गगन चौधरीको यस्तो जोखिमको अवस्थामा आफ्नो ज्यानको पर्वाह नगरि जनताको सेवामा दिनरात खटिएको भन्दै स्थानियहरुले डाक्टर चौधरीलाई ‘द रियल हिरो’ को उपनाम समेत दिदै आएका छन् ।
Please don't try to Spam :)