हिंसामा परेका माहाकालीका महिलालाई बाख्रापालन तालिम

BDxoul
0
     


हिंसामा परेका माहाकालीका महिलाहरुलाई वाख्रा पालन तालिम संचालन गरिएको छ् । बाख्रा पालन व्यवसाय मार्फत आय आर्जनमा वृद्दि गरी हिंसामा परेका महिलाहरुको जिवनस्तर उकास्न तालिम संचालन गर्न लागिएको बताईएको छ् । एक्सन फोर डेभलमेन्ट प्रालिको कार्यक्रम अनुसार तालिममा माहाकालीका २० जना हिंसामा परेका महिलाहरुको सहभागिता रहेको थियो । तालिममा नेपालमा बाख्रा पालनको अवस्था, बाख्रा पालनको अवश्यकता तथा महत्व, बाख्राको जात तथा तीनका विशेषताहरु, बाख्राको खोर तथा गोठको व्यवस्थापन, घाँस तथा आहारा व्यवस्थापनका विषयमा सहभागिहरुलाई जानकारी गराईने तालिमका प्रशिक्षक मान बहादुर थापाले जानकारी दिएका छन् । यसै गरी बाख्रामा लाग्ने रोग, रोगको लक्षण, रोकथाम तथा यसको उपचार र आन्तरिक तथा वाह्य परजीविको रोकथाम तथा उपचारका विषयमा समेत जानकारी गराईने बताईएको छ् ।


          तालिम संचालन पश्चात सहभागीको आय आर्जनको निम्ती उनिहरुलाई उन्नत खालको बाख्रा समेत बितरण गरिने एक्सन फोर डेभलमेन्ट प्रालिले जनाएको छ् । तालिममा गर्भिणी बाख्रा तथा पाठा पाठीको स्याहार सुसार गर्ने तरिका, व्यवसायिक बाख्रा पालनका लागि बोका बाख्राको छनौट गर्ने तरिका र बाख्रामा हाडनाता प्रजनन गराउदा हुने वेफाईदाका विषयमा सहभागीलाई तालिममा जानकारी गराईने बताईएको छ् । पाँच दिन सम्म संचालन हुने बाख्रा पालन तालिको आजको उद्धघाटन कार्यक्रमका सभापती एक्सन फोर डेभलमेन्ट प्रालिका कार्यक्रम अफिसर पुष्पराज जोशी रहेका थिए भने बिशिष्ट अतिथीमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनकिा प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्द, माहाकाली नगरपालिका कार्यालयका सव–ईन्जिनियर रघुनाथ भट्ट, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टका प्रतिनिधी कृष्णराज ओझा रहेका थिए । माहाकाली नगरपालिकाको वडा नं। ६ स्थित रहेको सामाजिक समानता बिकास संघ ९सेडा० को सभा कक्षमा संचालन भएको तालिम उद्धघाटनमा वडा नं। ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीको प्रमुख अतिथी, पत्रकार पप्पु गुरुङ्ग, स्थानिय युवा गणेश थापा लगाएत तालिमका सहभागीहरुको बाक्लो उपस्थिती रहेका थियो ।
Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)