दोधारा चाँदनीमा वर्षा संगै बढ्यो बाढीको पिर पप्पु गुरुङ्ग, १८ असार ,दोधारा चाँदनी । महाकली र जगबुडा नदीको बहाव तिब्र भए संगै दोधारा चाँदनीको बिभिन्न भागमा बाढीको त्रास बढेर आएको छ् । महाकाली र जगबुडा नदीमा रहेको कुतियाकवर, शान्ति टोल, बैतिफाँटा तथा प्रधानटोल, सुन्दरनगर, १८ नं. पिल्लर लगाएतका गाँउमा पानीको सतह बढ्न थालेपछि स्थानियहरुमा त्रास छाएको हो । स्थानिय शुरेस गिरी अनुसार महाकाली र जगबुडा नदी एक आपसमा ठोक्कीदा नदीको पानी ओभर फ्लो भएर गााउ पस्ने गरेको बताए । महाकाली नदीको बहावको संग जगबुडा नदीको बहाव ठोक्कीदा जगबुडा नदीको पानी दोधारा चाँदनीको शान्तिटोल, बैतिफाँटा तथा कुतियाकवर क्षेत्रमा पस्ने गरेको स्थानिय गिरीको भनाई रहेको छ् । बिगतका दिनहरुमा कुतियाकवर, शान्ति टोल, बैतिफाँटामा नदीको पानी गााउ पस्दा स्थानियहरु नजिकमा रहेको ओमकार निमाबि तथा अम्बिका उच्च माबिमा शरण लिन बाध्य भएको थिए । महाकाली नदी र जगबुडा नदी दोभानमा बस्दै आएका घरपरिवारले सुरक्षित बास स्थानको माँग गरे पनि समस्याको समाधान हुन सकेको छैन । महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा बस्दै आएका स्थानियहरु अहिले महाकाली र जगबुडाको बहाव बढ्दै जादा उनिहरुमा बाढीको पिर बढेर गएको छ् । ‘कुतियाकवरको नेपाल–भारत सिमा संगै जोडिएको क्षेत्रका भारतिय नागरिकलाई त्यहाको सरकारले अर्को क्षेत्रमा लगेर पुन: स्थापना गरिसक्यो । तर हामीले सभासद लगाएत सरोकारवाला सबै संग ब्यवस्थापन लगाएतका माँग राख्दा समेत अझै सम्म कुनै प्रकारको सुनुवाई समेत भएन्’ स्थानियहरु भन्छन् । बाढीको बेला बालबालिका, गर्भवती र वृद्ध वृद्धालाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता रहेको उनिहरुको भनाई छ । बिगतमा बाढीले शान्ती टोल क्षेत्रमा ८ जनाको ज्यान जाने गरि गएको बाढीले स्थानियहरुमा त्रास कायमै छ् । अझै सम्म लाखौको धनमाल क्षती हुदै आएपनि सरकार पक्षबाट नदि नियन्त्रण तथा क्षतिपुर्ती ध्यान नदिएको यहााका स्थानियहरुको गुनासो बन्दै आएको छ् । दोधारा चाादनी नगरपालिका वडा नं. १०, अठार नम्वर पिल्लर बस्तीमा पुल नहुदा जगबुडा नदीको कारण आवत जावत ठप्प बनाएको छ् । सरकारले झोलुङ्गे कहिले बनाईदेला भन्ने पर्खाईमा स्थानियहरु बस्दै आएका छन् । माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले दोधारा चाँदनीको बाढीपिडितको समस्या स्थानिय सरकारले सम्बोधन गर्दै आएको बताएका छन् । ‘हामीले अठार नम्वर पिल्लर बस्तीमा बाढी नियन्त्रणको लागी जैबिक तटबन्धन निमार्ण गर्नुको साथै बाढी पिडितहरुका लागी तत्कालै उपलब्ध हुने गरि राहत सामग्रीको ब्यवस्था गरेका छौं’ माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने । महाकाली नदी र जगबुडा नदीको बाढको कारण तटिय क्षेत्रका कयौं स्थानिय जाग्रम बस्न थालेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकामा नेपाल रेडक्रस सोसाईटीले बाढी ग्रस्त पहिचान गरि उद्धार सामग्री समेत बितरण गरेको नेपाल रेडक्रस सोसाईटीले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले दैवि प्रकोप भएको अवस्थामा तत्कालै उद्धार तथा राहत प्याकेजको ब्यवस्था गर्न सक्ने अवस्था रहेको नगरपालिका कार्यालयले जनाएको छ् । यता तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुलाई सजग रहन प्रशासनले खबर गरेको छ् । बिगतका दिनहरुमा बाढीको कारण दोधारा चाँदनीका ४ सय भन्दा बढी घर पुर्णरुपमा प्रभाबित हुदै आएका छन् ।
Please don't try to Spam :)