महाकाली नदीमा नुहाउने क्रममा डुबेर एकजना बेपत्ता

BDxoul
0

महाकाली नदीमा नुहाउने क्रममा डुबेर एकजना बेपत्ता
पप्पु गुरुङ्ग, २१ असार, दोधारा । महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक जना युवक बेपत्ता भएका छन् । बाजुराको शेरदह गाँउपालिका घर भई महेन्द्रगरमा अध्ययन गर्दै गरेका १९ वर्षीय प्रेम रावत महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ स्थित काका उदय रावतको घरमा केहि दिन देखि बस्दै आएका रावत विहिवार अपरान्ह महाकाली नदीको ढकनाघाट क्षेत्रमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ् । नदीमा पानीको बहाव बढे संगै बाढीले दाउरा ल्याउने भएकाले दाउरा झिक्न गएका स्थानीय बासिन्दा संगै गएका रावत नदीमा नुहाउने क्रममा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दोधाराका प्रहरी नायव निरीक्षक नारायण गिरीले बताएका छन् । रावतको स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानिय, नेपाल रेडक्रसको उद्धार टोलीले खोजी कार्य गरिरहेको छ । रात परेपछि खोजी कार्य स्थागित गरिएको बताईएको छ् । आईतबारबाट परेको वर्षाले महाकालीमा पानीको बहाव बढेको छ । नदीमा पानी बढे संगै बाढीले बगाएर ल्याएको दाउरा झिक्न जानेको घुईचो लाग्ने गर्दछ । यस अघि, महाकाली नदीमा झिक्ने क्रममा र नुहाउने क्रममा डुबेर धेरैको ज्यान गइसकेको छ ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)