‘जैविक तटबन्धनले अठार नम्वर पिल्लर बस्तीमा आरामको निन्द्रा’

BDxoul
0

पप्पु गुरुङ्ग, २१ असार, दोधारा ।
‘सानैमा बुवाआमाको मृत्यु भयो, उमेर थाहा छैन । मलाई अहिले सम्म उमेरको जरुरत पनि परेको छैन । कसैले मेरो उमेर पनि सोध्दैनन् । मलाई मेरो उमेर कति हो भन्ने एकीन पनि छैन,’ महाकाली नगरपालिका–१० कुतियाकवरकी सुनिता सुनारको अभिव्यक्ति हो यो । उनी भन्छिन, ‘उमेर बढ्दै गयो, जब यौवन अवस्थामा पुगे बाध्यताले विवाह गर्नै पर्ने भयो अनि विवाह गरे ।’ कुतियाकवरकी घरेलु महिला सुनिता घर खर्च चलाउनकै लागि बेसार खेती गर्छिन् । ‘म दलित महिला हु, म हल्दी ९बेसार० लेती गर्छु र त्यही बेचेर घर खर्च चलाउछु,’ सुनिता भन्छिन् । उसो त यहाँका धेरै जसो परिवारले बेसार खेती गरेर घरखर्च चलाउदै आएका छन् । यस समुदायमा सबै दलितको मात्रै बसोबास रहेको छ । उनीहरुको दैनिकी सामान्य खेतीपातीमै वित्ने गर्छ । यहाँका समुदायको आर्थिक अवस्था निकै नाजुक छ । हिउदे सिजनमा तरकारी खेती गरेर जीविका चलाउने यो समुदायमा बर्षात नजिकिदै गर्दा आफू संगै आफ्ना लालाबाल कसरी जोगाउने भन्ने चिन्ता सुरु हुन्छ । महाकाली नदीको बीचमा रहेको कुतियाकवर कति बेला डुवानमा पर्छ र सर्वस्व सकिन्छ भन्ने चिन्तामा यहााका स्थानीयलाई निकै पिरोल्ने गर्छ । समुदायका पुरुषहरु घर खर्च चलाउनकै लागि भारत जाने गर्छन् । गाँउमा प्राय पुरुष नहुदा सबै जिम्मेवारी सम्हाल्नु पर्ने र त्यसैमा पनि बर्षातको समयमा लालाबाला जोगाउनु पर्ने तनावमा महिला हुन्छन् । सुनिता भन्छिन, ‘जव वर्षा सुरु हुन्छ, यहाँ कुनै सञ्चारका साधन हुदैनन, हामी बाँचेका छौ की छैन कसैलाई थाहा हुदैन । पानी पर्न सुरु भए संगै बाढी आएर बगाउने चिन्ताले हामीहरुलाई सताउछ ।’ तर पछिल्लो समयमा यहाँका समुदायको चिन्ता भने केही कम भएको छ । नेपाल रेडक्रस सोसाइटीले महाकाली नदी नियन्त्रणका लागि समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनिकरण परियोजना सञ्चालन गरेपछि कुतियाकवरबासीलाई राहत मिलेको छ । परियोजना सञ्चालन भएपछि स्थानीयहरु पनि निकै खुशी भएका छन् । परियोजना सफल बनाउन स्थानीयको साथ र सहयोग पनि उस्तै छ । ‘जव वर्षा सुरु हुन्छ, यहाँ कुनै सञ्चारका साधन हुदैनन, हामी बाँचेका छौ की छैन कसैलाई थाहा हुदैन । पानी पर्न सुरु भए संगै बाढी आएर बगाउने चिन्ताले हामीहरुलाई सताउछ ।’ ‘अहिले हाम्रो समुदायमा एउटा बोर्ड छ, म त पढ्न जान्दिन, तर मेरो छोरीले पढ्न जानेकी छन, उनले उक्त बोर्डमा कुतियाकवर सामुदायिक विपद ब्यवस्थापन समिति लेखेको छ भन्छिन् । समुदायका व्यक्ति यस समितिमा आवद्ध छन,’ सुनिता भन्छिन, ‘म घरमै बस्थे, सामान्य तरकारी खेती गर्थे । तर परियोजना सञ्चालन भएपछि पहिलो पटक थाहा पाए श्रमदान पनि गर्नुपर्छ भन्ने, अनि म पनि घरको काम सकेर श्रमदानमा जुट्न थाले ।’ उनी मात्रै होइन समुदायका सबै महिला तथा पुरुषहरु लागि समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनिकरण परियोजना सञ्चालन भएपछि जोगबुढा नदी नियन्त्रणका लागि भइरहेको जैविक तटबन्धनको कार्यमा श्रमदान गरिरहेका छन् । सुनिता भन्छिन, ‘रेडक्रस सोसाइटी, दोधारा चाँदनी नगरपालिका र कुतियाकवरका समुदायहरु मिलिजुली काम गरिरहेका छौं । बाढी नियन्त्रणका लागि जैविक तटबन्धन सम्पन्न हुने भएपछि हामी अन्यन्तै खुशी भएका छौं ।’ सुनिताका श्रीमान् पनि भारतबाट घर फर्किएका छन् । जैविक तटबन्धन परियोजना सफल बनाउन श्रमदान गर्नु सुनिता र उनका श्रीमानको दैनिकी जस्तै बनेको छ । उनीहरुलाई श्रमदान गर्नु पर्दा कुनै दुखेसो पनि छैन । किनकी बर्षातको समयमा उनीहरु आरामले सुत्न पाउनेमा खुशी छन् । ‘मैले जैविक तटबन्धन भन्ने शब्द सुनेको मात्र थिए तर आज कार्य भइरहेको देख्न र काम पनि गर्न सकिरहेकी छु र मेरो जीवन पनि सुरक्षित गरिरहेकी छु,’ सुनिता भन्छिन् । जैविक तटबन्धन परियोजनाका लागि महाकाली नगरपालिकाले ५ लाख ९७ हजार ५७८ रुपैयाा सहयोग गरेको छ र नेपाल रेडक्रस सोसाइटी अन्तरगत महाकाली नदीमा आधारीत समावेशी विपत जोखिम न्यूनीकरण ९एमआरआईसीडीआरआर० परियोजना मार्फत ३ लाख ९६ हजार २१३ रुपैया सहयोग गरेको छ । यो परियोजनाले कुतियाकवरका स्थानीयबासीहरुको आयस्तरमा समेत सहयोग गरेको छ । परियोजना सञ्चालनपछि सुनिता जस्तै कुतियाकवर, अठार नम्वर पिल्लर बस्तीका स्थानीयबासीलाई अब भने आरामको निन्द्रा पर्नेछ 
Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)