नेपाली काग्रेंस माहाकालीद्धारा खाद्यान्न हस्तान्तरण (भिडियो सहित)

pappu kalapani
0

दोधारा । नेपाली काग्रेंस माहाकालीले लकडाउनको कारण क्वारेन्टाईनमा बसेकाहरुलाई  खानको समस्या पर्दै आएको भन्दै नेपाली काग्रेंस पार्टी कार्यालय चाँदनीमा माहाकाली नगरपालिकालाई रु. ५० हजार बराबरको खाद्यान्न प्रदान गरेको छ् । हिजो बिहान नेपाली काग्रेंस पार्टी कार्यालय चाँदनीमा ३२ बोरा चामल, ८ बोरा दाल माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारलाई प्रदान गरेको हो । बिद्यालयमा कोरोना भाइरसको कारण भारतबाट रोजगारी खोसिएर घर फर्केर माहाकाली नगरपालिकाका बिभिन्न वडामा रहेका बिद्यालयहरुमा रहेका नेपालीहरुलाई खानको समस्या रहदै आएको भन्दै नेपाली काग्रेंस नगरकार्य समिति माहाकालीले खाद्यान्न सहयोग गर्ने निर्णय गरेको हो । नेपाली काग्रेंस माहाकालीका नगर सभापती डम्मर चन्दले क्वारेन्टाईनमा बसेकाहरुलाई खान खुवाउन माहाकाली नगरपालिका र स्थानियहरुलाई समस्या देखिदै आएको हुदा नेपाली काग्रेंस माहाकाली नगर कार्यसमितिले केही दिन अघि मात्रै निर्णय गरि खा द्यान्न सहयोग गर्ने निर्णय गरेको बताए । नेपाली काग्रेंस पार्टी कार्यालय चाँदनीमा खाद्यान्न हस्तान्तरण गर्दै नेपाली काग्रेंस क्षेत्रिय सभापति गोपाल भट्टले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सरकार गम्भिर नभएको बताउदै तत्काल सरकारले नेपाली जनाताको स्वास्थ्य माथी खेलवाड गर्ने कार्य बन्द गर्न समेत अनुरोध गरेका छन् । नेपाली काग्रेंस माहाकाली नगर कार्यसमितिले खाद्यान्न हस्तान्तरण कार्यक्रममा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगर उपप्रमुख चिनी ओझा गिरी, नेपाली काग्रेंस नगर कार्य समिति सभापती डम्मर चन्द, सचिव राजेन्द्र मल्ल, नेपाली काग्रेंस क्षेत्रिय सभापती गोपाल भट्ट, तत्कालिन दोधारा गाबिस अध्यक्ष बेल बहादुर राना लगाएत नेपाली काग्रेंस संग सम्बद्ध ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।
https://www.facebook.com/kalapani.pappu/videos/2617985185086498/UzpfSTEwMDAyMjM2ODU3MzE0NDo3MDgzMDgzOTMyNTgxMDc/

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)