दोधारा चाँदनीका कुमाल दाई भाईले सुरक्षाकर्मीलाई दिए स्वास्थ्य सामग्री

pappu kalapani
0

दोधारा । नेकपा माहाकालीका नगर सचिव भिम कुमाल र उनका दाई कल्लु कुमालले सशस्त्र प्रहरीलाई सर्जिकल मास्क, सेनिटाइजर, ग्लबस प्रदान गरेका छन् । आज माहाकाली नगरपालिका स्थित रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीमा पुगेर १ सय ५० थान सर्जिकल मास्क, २५ पिस सेनिटाईजर र १ सय थान ग्लब्स प्रदान गरेको हुन् । माहाकाली नगरपालिका संग समन्वय गरि उक्त स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । माहाकाली नगर क्षेत्रमा सशस्त्र प्रहरीको काम निकै सहनिय रहदै आएको बताउदै कोरोना नियन्त्रणमा सशस्त्र प्रहरी संग मास्क। सेनिटाईजर तथा ग्लोब्स लगाएत आवश्यक सामग्री नभएको हुदा आफुहरुले जनताके सेवामा खटिदै आएका सुरक्षाकर्मीहरुलाई सहयोग गर्ने जागेको नेकपा माहाकालीका नगर सचिव भिम कुमालले बताएका छन् । ‘माहाकाली नगर क्षेत्रमा कोरोना नियन्त्रण तथा भारतबाट आएका नेपालीरुलाई सिमा क्षेत्रबाट सकुशल उद्धार गर्न अहम योगदान रहदै आएको हुदा उनिहरुका लागी थोरै भएपछि स्वास्थ्य सामग्री उपलब्ध गराएका हौ’ नेकपा माहाकालीका नगर सचिव भिम कुमालले भने । आज सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडरआउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सशस्त्र प्रहरीले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागी नेकपा माहाकालीका नगर सचिव भिम कुमाल र उहाँको दाई कल्लु कुमालको योगदान रहदै आएको बताएका छन् । उक्त सामग्री हस्तान्तरण गर्दै सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले दुबै दाई भाईलाई बिभागकै तर्फ देखि धन्यबाद दिएका छन् । बिगतका दिनहरुमा पनि माहाकाली नगरपालिका संग समन्वय गरि माहाकाली नगरपालिकाका जनताहरुको लागी दाता नेकपा माहाकालीका नगर सचिव तथा सनसाईन पब्लिक स्कुलका प्रबन्ध निर्देशक भिम कुमालले सघाउदै आएको माहाकाली नगरपालिकाले जनाएको छ् । अहिलेको टडकार आवश्यता स्वास्थ्य सामग्री रहेको बताउदै आफुले ब्यक्तीगतरुपमा कोभिड १९ को बेला सुरक्षाकर्मीहरुलाई सहयोग गर्ने प्रयास गरेको दाता कल्लु कुमाले बताएका छन् । ‘महामारीको बेला आफुहरुले सक्दो सहयोग गर्ने प्रयास गरेको हु’ दाता कल्लु कुमालले भने । बिगतमा सिमा क्षेत्रमा खटिदै आएका सुरक्षाकर्मीहरुलाई पानी तथा चाउचाउ बितरण गर्नूको साथै, प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री माहाकाली नगरपालिकालाई चेक रु. ५० हजार, चाउचाउ, बिस्कुट तथा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई पानी, सेनीटाईजर, मास्क, पिपिइ सेट लगाएत सामग्री प्रदान गरेका हुन् । माहाकाली नगर क्षेत्रमा कोभिड १९ को बेला माहाकाली नगपालिकालाई अझै सम्म बढी सहयोग गर्ने दाताको रुपमा चिनिएका छन् । कुमाल दाई भाईको कोरोना नियन्त्रण तथा रोकथाममा अहम भुमिका रहदै आएको भन्दै स्थानियहरुले दुबै दाई भाईलाई प्रशंसा गर्दै आएका छन् ।


Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)