दोधारा । माहाकाली नगरपालिकाले कोरोना रोकमथाम तथा नियन्त्रणका लागी भारतबाट आएका नागरिकलाई क्वारेन्टाईन व्यवस्थापनमा जुटेको छ । आज बिहान सम्म भारतबाट आएका २ हजार ४ सय क्वारन्टाईनमा छन् । सुरक्षाकर्मीको तथ्यांक अनुसार हाल सम्म माहाकाली नगरपालिकामा रहेका बिद्यालयहरुमा क्वारेन्टाईनमा रहेका मध्ये १ सय ५० महिला र २ हजार २ सय ५० पुरुष रहेका छन् । १० वडा रहेको माहाकाली नगरपालिकाले हाल २५ विद्यालय सहितका स्थानमा क्वारेन्टाईन निर्माण गरेको छ । यस अघि माहाकाली नगरपालिकाका १ सय ६ जना क्वारेन्टाईनमा बसेर घर फकिएका छन् । उनिहरुलाई र्यापिड टेष्ट पछि होम क्वारेन्टाइनमा घर पठाईएको हो । नेपाल सरकारले पिसिआर जाँचमा भिटिएमको अभाव देखाएपछि माहाकाली नगरपालिकाले १ सय ८ जनालाई आरडिटी गरि होम क्वारेन्टाइनमा घर पठाएको छ् । माहाकाली नगरपालिकामा झण्डै १२ हजार देखि १५ हजार स्थानियहरु विदेशमा रहेका माहाकाली नगरपालिकाको तथ्यांक छ् । माहाकालीका नगर प्रमुख बिर बहादुर सुनार सहित जनप्रतिनिधी, कर्मचारी एवम् माहाकाली क्षेत्रका राजनीतिक दल सबै क्वारेन्टाईन व्यवस्थापनमा जुटेका छन् ।
माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले सबै क्वारेन्टाईनमा पुगेर स्थलगत अनुगमन एव समस्या बुझेका छन् । केही क्वारेन्टाईनमा सबैकाहरुले असुविधा भएको गुनासो गरेपछि माहाकाली नगर प्रमुख सबै क्वारेन्टाईनको अवस्था बुझ्न हिडेका हुन् । ‘म लगायत हाम्रो टिम सबै क्वारेन्टाईनमा पुगे, ‘नगर प्रमुख सुनारले भने, ‘आधारभूत सबै व्यवस्थापन गरिएको छ ।’ क्वारेन्टाईनमा बसेकाहरुले रिचार्जदेखि खाने नुहाउने कक्ष, सौचालय माँग गरिरहेको भन्दै उनले महामारीका बेला धेयैपुर्वक आफु र देश बचाउन सयमित भएर बस्न आग्रह गरेका छन् । माहाकाली नगरपालिकाले उनिहरुको बस्न, नुहाउन, बिद्युत, सेनिटाईजर तथा मास्कको प्रबन्ध समेत गरेको छ । ‘हामीले क्वारेन्टाईनमा अधिकतम सेवा सुविधान दिने हो, ‘नगर प्रमुख माहाकाली नगरपालिकाका नगर प्रमुखले भने, ‘संकटको घडीमा सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गरिदिनु।’ जटिल असामान्य परिस्थिति भएकाले समाजिक दुरी कायम गरेर बसिदिन आग्रह गर्दै मेयर सुनारले कुनै समस्या भए सम्पर्क राख्न अनुरोध गर्दै क्वारेन्टाईनमा अनुशासिकपुर्वक बस्न आग्रह गरेका छन् । कोरोना जित्नका लागि मेयर सुनारले सबैले आ–आफ्नो ठाँउबाट सक्दो सहयोगको अपिल गरेका छन् ।
Please don't try to Spam :)