दोधारा । भारतका बिभिन्न शहर र सीमावर्ती भारतीय भूभागमा रहेका नेपालीको उद्धारको माँग राख्दै माहाकाली नगरपालिकाका स्थानिय महिलाहरुले सकडमा प्रदर्शन गरेका छन् । आज बिहान माहाकाली नगरपालिका–९, कालिकाबजारमा जम्मा भएर स्थानीय महिलाहरुले भारतका बिभिन्न शहर र सीमावर्ती भारतीय भूभागमा रहेका नेपालीको उद्दारको माँग गर्दै प्रदर्शन गरेका हुन् । उनिहरुले झण्डै ३ घण्टा माहाकाली नगरपालिकाको मुल सडक खण्ड अबरुद्ध गरेका थिए ।
उनीहरुले सरकारले भारतमा रहेका नेपालीहरुलाई भित्रिन नदिएको बिरोधमा टायर समेत बालेका थिए । उनीहरुले दुई तिहाई सरकार चाहिदैन, प्रतिनिधी सभा सदस्य दिपकजी, प्रदेश सभा सदस्य मान बहादुर कहाँ छन ? भारतमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गर लगायतका नारा लगाएका थिए । माहाकाली नगरपालिका क्षेत्रका झण्डै १५ हजार बढि व्यक्ति भारतका बिभिन्न शहरमा रोजगारीमा रहेको माहाकाली नगरपालिकाको एक तथ्यांक रहेको छ् । त्यस्तै सीमावर्ती खटिमा, रुद्रपुर र बनबासा क्षेत्रमा माहाकाली नगरपालिका झण्डै सय भन्दा बढी व्यक्ति बिगत डेढ महिना देखि उद्दारको पखाईमा बसेका छन् । भारतमा रहेका आफन्तको उद्धार गर्नु पर्ने माँग राख्दै आएका स्थानियहरुले प्रदेश सभाका सदस्य माननिय मान बहादुर सुनारको घर घेरेका छन् । तत्तकाल आफन्तहरुलाई घर फर्किने बाताबरण नभए कडा आन्दोलनको चेतावनी दिएका छन् । समाचार तयारपारुञ्जेल स्थानियहरुले प्रदेश सभा सदस्यको घरमा धर्ना दिएका छन् ।
Please don't try to Spam :)