बिद्युत प्राधिकरणको चरम लापरवाही : झण्डै ३० घण्टा सम्म पनि बिद्युत सुचारु भएन

pappu kalapani
0

दोधारा । दोधारा चाँदनीमा बिद्युत प्राधिकरणको चरम लापरवाही देखिएको छ् । हावाहुरीको कारण हिजो अपरान्ह ३ तिर बिद्युतको पोल तथा तारमा क्षती भएपछि आज सम्म बिद्युत सेवा अबरुद्ध भएको हो । बिद्युत सेवा अबरुद्ध हुदा प्राथमिक स्वास्थ्य केन्द्रको आपतकालिन सेवा समेत अबरुद्ध हुनुको साथै कुटानी पिसानी समेत बन्द भएको छ् । नेपाल बिद्युत प्राधिकरणका कर्मचारीको लापरवाहीको कारण माहाकाली नगरपालिकामा बिद्युत सेवा बेलाबखत समस्या आएको स्थानियहरुले बताएका छन् । ३० घण्टा भन्दा बढी समय बित्दा बिद्युत सेवा सुरुचारु नभएपछि स्थानियहरुले बिरोध जनाएका छन् । माहाकाली नगरपालिकामा भारतिय क्षेत्रबाट बिद्युत आपुर्ती गर्दै आएको र भारतिय क्षेत्रमा बिद्युत पोल तथा तारमा क्षती भएको हुदा नेपाल बिद्युत प्राधिकरणका कर्मचारीलाई भारतिय सिमा सुरक्षाकर्मीहरुले भारतिय क्षेत्रमा जान रोक लागएको थियो । नेपाल बिद्युत प्राधिकरणको कर्मचारी गणेश गिरीले  सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारी संग समन्वय गरि आज अबेर साँझ बिद्युत सेवा सुचारु गरेका थिए । भारतिय क्षेत्रमा बिद्युत पोल मर्मत गरेपनि माहाकाली नगरपालिका वडा नं. १ चक्की बजार सम्म बिद्युत सेवा सुरुचारु भएको हो । बिहानै देखी बिद्युत कर्मतचारीहरुले बिद्युत लाईन क्लिर नगरेको स्थानियहरुले आरोप लगाएका छन् । कर्मचारीको लापरवाही भएको भन्दै स्थानियहरुले जनप्रतिनिधीहरुलाई चाँडो भन्दा बिद्युत सेवा सुचारु गर्न सम्बन्धी कार्यालय पहल गरिदिन आग्रह गरेका छन् । केही दिन प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचार गर्न आएका एक बृद्ध महिला बिद्युत सेवा अबरुद्ध हुदा मृत्यु भएको पिडित परिवारजनको आरोप रहेको छ् । ‘बिद्युत सेवाका कर्मचारीको लापरवाहीको कारण उपचारमा समस्या आएको छ्’ स्थानियहरु बताउछन् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)