दशगजा क्षेत्रमा रहेका नेपालीलाई स्वास्थ्य सामग्री प्रदान गर्दै दोधारा चाँदनीका कुमाल दाई–भाई
May 18, 2020
0
दोधारा । नेकपा माहाकालीका नगर सचिव तथा सनसाईन पब्लिक स्कुलका प्रबन्ध निर्देशक भिम कुमाल र उनका दाई कल्लु कुमालले माहाकाली नगरपालिका वडा नं. २ र ३ मा भारतबाट पिडा सहदै लुकेर आएका र दशगजा क्षेत्रमा बसेका नेपालीहरुका लाई २ सय थान सर्जिकल मास्क, १ सय १० थान सेनिटाईजर र २० थान झुल माहाकाली नगरपालिका संग समन्वय गरि बितरण गर्नुभएको छ् ।
नेकपा माहाकालीका नगर सचिव तथा सनसाईन पब्लिक स्कुलका प्रबन्ध निर्देशक भिम कुमाल आफै हिजो अबेर साँझ दशगजा क्षेत्रमा पुगी दशगजामा नेपाल सरकारले राख्दै आएको नेपालीहरुलाई मास्क, सेनिटाईजर र झुल बितरण गरेको माहाकाली नगरपालिका वडा नं. ६ वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् । बिगतका दिनहरुमा पनि माहाकाली नगरपालिका संग समन्वय गरि माहाकाली नगरपालिकाका जनताहरुको लागी दाता नेकपा माहाकालीका नगर सचिव तथा सनसाईन पब्लिक स्कुलका प्रबन्ध निर्देशक भिम कुमालले सघाउदै आएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । कोभिड १९ को बेला भारतीय सुरक्षाकर्मीबाट कुटिदै पिडिदै आएका नेपालीहरुको पिडामा मलहम लगाउने उद्धेश्यहरुले दाता भिम कुमालले बिभिन्न प्रकारका सहयोग गर्ने बताएका छन् । उनिहरुको अहिलेको टडकार आवश्यता स्वास्थ्य सामग्री रहेको बताउदै आफुले ब्यक्तीगतरुपमा कोभिड १९ को बेला माहाकाली नगरपालिकाको जनतालाई सहयोग गर्ने प्रयास गरेको बताएका छन् । ‘पिडाको बेला मैले सहयोग गर्ने प्रयास गरेको हु’ नेकपा माहाकालीका नगर सचिव तथा सनसाईन पब्लिक स्कुलका प्रबन्ध निर्देशक भिम कुमालले भने । उनले दशगजा क्षेत्रमा पुगी २ सय थान सर्जिकल मास्क, १ सय १० थान सेनिटाईजर र २० थान झुल प्रदान गरेपछि स्थानियहरु खुशी भएका थिए । यस अघि उनले माहाकाली नगरपालिकालाई चेक रु. ५० हजार, चाउचाउ, बिस्कुट तथा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई पानी, सेनीटाईजर, मास्क, पिपिइ सेट लगाएत सामग्री प्रदान गरेका हुन् ।
Tags
Please don't try to Spam :)