सशस्त्र प्रहरीको चौतर्फी प्रशंसा : माहाकालीको खुला सिमानाबाट झण्डै ९ सय नेपालीको उद्धार

pappu kalapani
0

दोधारा । यतिबेला माहाकालीमा सशस्त्र प्रहरीको चौतर्फी प्रशंसा गर्न थालिएको छ् । कोभिड १९ लाई रोकथाम तथा नियन्त्रण तथा भारतबाट रोजगारीको गएका नेपालीहरुको उद्धार सहयोगमा अहम भुमिका निर्वाह गरेको भन्दै माहाकाली नगरपालिका स्थानियहरुले सशस्त्र प्रहरीको उच्च प्रशंसा गर्न थालेका छन् । कोभिड १९ को रोकथाम र नियन्त्रणको लागी माहाकालीका ४ स्थानमा अस्थायी क्याम्प स्थापना गरेर माहाकाली नगरपालिकाको २ ठुला प्रान्त संग जोडिएका नेपाल–भारत खुला सिमाको झण्डै ३५ किलोमिटर दुरीमा चौबिसै घण्टा ड्युटी संचालन गरि आमजनतामा बिश्वास बढाएको भन्दै स्थानियबासीहरुले प्रशंसा गर्न थालेका छन् ।

माहाकाली नगरपालिका वडा नं. ९ निवासी भुपेन्द्र ओलीले माहाकाली नगर क्षेत्रमा सशस्त्र प्रहरीको निकै राम्रो भुमिका निर्वाह गरेको बताएका छन् । सशस्त्र प्रहरीले सिमा क्षेत्रको मात्रै नभई आन्तरिक सुरक्षामा समेत यस पल्ट जनमानसमा सुरक्षाको अनुभुती गराउन सफल भएको भुपेन्द्र ओलीले बताए । कोभिडको संक्रमण बढेर भारतमा नेपालीहरुको रोजगारी गुमेपछि भारतबाट घर फर्कने क्रममा कष्ट सहेर फर्केका नेपालीहरुको मलहम लगाउने कार्यमा माहाकाली नगरपालिका संग सशस्त्र प्रहरीको ठुलो भुमिका रहेको स्थानियहरुको भनाई रहेको छ् । लामो पैदल यात्रा गरेर घर फर्कने क्रममा भारतिय सुरक्षाकर्मीबाट कुटाई खादै आएका भोकै प्यासै माहाकाली नगरपालिकामो दबगजा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई स्थानियहररु संग सशस्त्र प्रहरीको ठुलो योगदान रहेको माहाकाली नगरपालिका वडा नं. ७ का एक स्थानिय कोमल उपाध्यायले बताएका छन् । ‘सशस्त्र प्रहरीको कार्यलाई हामी सलाम गर्न चाहान्छौ’ स्थानिय कोमल उापाध्यायले भने । सशस्त्र प्रहरी कोरोना भाईरस संगको युद्धमा फ्रन्टलाईनमा रहेको भएपनि उनिहरुको आत्मरक्षाको लागी सरकारले ख्यालै नगरेको उपाध्यायको सरकार प्रती गुनासो भने रह्यो । सशस्त्र प्रहरीले माहाकाली नगरपालिकाको सरकार र जिल्ला प्रशासन कार्यालयको समन्वय गरि अझै सम्म ८ सय ७२ जना भारतीय जंगलमा अलपत्र भोकै प्यासै रहेको नेपालीहरुको उद्धार गरेको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीको बलियो कमाण्डै कारण माहाकाली नगर क्षेत्रमा सशस्त्र प्रहरीको उच्च प्रशंसा गरिएको एकथरीको भनाई रहेको छ् । माहाकाली नगरपालिका बाहेक अन्य स्थानिय निकायका ५ सय ९४ जना नेपालीलाई उद्धार पछि उनिहरुको गन्तब्य पठाईएको छ भने, भारतबाट लुकीछिपी आएका माहाकालीका २ सय ७८ जना स्थानियहरुलाई माहाकाली नगर क्षेत्रमा रहेका क्वारेन्टाईनमा राखिएको छ् । 

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)