दोधारा । विश्वव्यापी फैलिएको महामारीमा कामकाज बन्द भइ भारतका विभिन्न ठाँउवाट आएर माहाकाली नगरपालिकाको दशगजा क्षेत्रमा अलपत्र परेकालाई हिजो अबेर राती उनिहरुको गन्तब्य तिर पठाएको छ् । माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई सशस्त्र प्रहरीले उद्धार गरेर दशगजा क्षेत्रमा राखेको हो । माहाकाली नगपालिका र स्थानियहरुले दशगजा क्षेत्रमा उनिहरु खान र बस्नको ब्यवस्था गर्दै आएको हो । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको पहलमा गएराती माहाकाली नगरपालिका बाहेक ३ सय ५१ जना बिभिन्न जिल्लाका नेपालीहरलाई प्रशासन संग समन्वय गरि टिप्परमा राखेर महाकाली झोलुङ्गे पुल पुर्याएको हो । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले उनिहरु भोकै प्यासै भएको हुदा पानी र खानको ब्यवस्था गरि पठाएको बताएका छन् । देशव्यापी रुपमा सरकारले कोरोना भाइरस नियन्त्रण साथै रोकथामका लागि गरिएको लकडाउन बाट प्रभावित भई भारतमा काम गर्ने नेपालीहरु खुला सिमानाका कारण माहाकाली नगरपालिका को बाटो भएर स्वदेश फर्कने क्रम भने आज पनि जारी छ् । आएकाहरु मध्ये बढी जसो सुदुरपश्चिम प्रदेश बाहिरका रहेका छ् । जसमा मुगु, कालिकोट, दैलेख, सप्तरीका समेत रहेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारी अनुसार अझै सम्म माहाकाली नगरपालिकाका नेपाल–भारत सिमा क्षेत्रबाट झण्डै ५ सय १ जना नेपालीहरुलाई उद्धार गरिएको बताएका छन् ।
माहाकाली नगरपालिकाले ३ सय ५१ जना नेपालीलाई उद्दार गरि गन्तब्य सम्म पठायो
May 19, 2020
0

Tags
Please don't try to Spam :)