रक्तसंचार सेवा संचालनको लागि माहाकाली नगरपालिकाको एक लाख सहयोग

pappu kalapani
0
pappu kalapani

दोधारा । माहाकाली नगरपालिकाले रक्तसंचार सेवा संचालनको लागी रकम प्रदान गरेको छ् । माहाकाली नगरपालिकाले यस आर्थिक वर्ष नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले संचालन गर्न लागेको रक्तसंचार सेवाको लागी रु. १ लाख चेक हस्तान्तरण गरेको हो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरले आकस्मीक रक्त संचार केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो । आकस्मीक रक्त संचार केन्द्र संचालनमा आएपछि माहाकाली नगरपालिका स्थानियहरुले रगतको आवश्यकता भएको बेला पैसा नलाग्ने बताईएको छ् । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले आज नेपाल रेडक्रस सोसाईटी चाँदनीका उपशाखा सभापति भिम बहादुर जिसीलाई उक्त कार्यको लागी चेक रकम हस्तान्तरण गरेको नेपाल रेडक्रस सोसाईटी चाँदनीका उपशाखाले जनाएको छ् । 

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)