दोधारा चाँदनीका क्वारेन्टाईन र आईसोलेसन ब्यवस्थापनको लागी एनएनएसडब्लूएको सहयोग

pappu kalapani
0
pappu kalapani

दोधारा । माहाकाली नगरपालिकाको क्वारेनटाइन व्यवस्थापनका लागि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले स्वास्थ्य सुरक्षा समाग्री प्रदान गरेको छ् । आज माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले उक्त स्वास्थ्य सुरक्षा समाग्री बुझेका हुन् । माहाकाली नगरपालिका क्षेत्र नोवेल कोरोना भाईरसको उच्च जोखिममा रहेको र अरु पालिका दाँजो माहाकाली नगरपालिकाका क्वारेन्टाईनमा बस्नेको संख्या उल्लेखनिय रहेको बताउदै उनिहरुको स्वास्थ्य सुरक्षाको लागी स्वास्थ्य सुरक्षा समाग्री प्रदान गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले जनाएको छ् । पिपिइ सेट ४ थान, चस्मा ४ थान, गमबुट ४ थान, फेस सिल्ड ४ थान, एन ९५ मास्क ४ थान, नरमल ग्लोब १० जोडा, थमरमल गन ४ थान, बुफेन्ट टोपी ४ थान, हेण्ड सेनिटाइजर २ सय लिटर १५ थान, स्प्रे ट्यांकी २ थान, सर्जिकल मास्क १ सय थान, स्प्रे सेनिटाइजर प्रति गेलेन ५ लिटरका ६ गेलेन, मेट १५ थान, गद्दा १५ थान, तन्ना १५ थान, सिरानी १५ थान, ओढ्ने तन्ना १५ थान, झुल १५ थान, तौलिया १५ थान, थाल १५ थान, गिलास १५ थान, कचौरा १५ थान, चम्चा १५ थान, ढक्कन सहित बाल्टी र जग १ थान माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिmक्रम जैरुले हस्तान्तरण गरेका छन् । उक्त सामग्री क्वारेन्टाईन ब्यवस्थापन र आईसोलेसन ब्यवस्थापनको लागी रहेको बताईएको छ् । यस अघि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले माहाकाली नगरपालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री समेत प्रदान गेको हो । कोरोना भाइरसको कारण भारतमा रोजगारी गुमेर फर्केकाहरुलाई माहाकाली नगरपालिकाले १४ दिन क्वारेन्टाईनमा राख्दै आएको छ् । माहाकाली नगर क्षेत्रका बिद्यालयहरुमा झण्डै २ हजार ५ सय भन्दा बढी भारतबाट आएका स्थानिय क्वारेन्टाईनमा बस्दै आएका छन् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)