| (फाईल फोटो) |
दोधारा । भारतबाट आएका र माहाकाली नगरपालिकाका क्वारेन्टाइनमा बसेकाहरुलाई नेकपा माहाकालीका नगर सचिव भिम कुमाल र उनका दाई कल्लु कुमालले झुल र मास्क प्रदान गरेका छन् । हिजो अबेर राती माहाकाली नगरपालिका वडा नं. २ स्थित रहेको पुर्णा माध्यमिक बिद्यालयमा क्वारेन्टाईनमा रहेका ५७ मध्य २४ जनालाई पुग्ने गरि १२ पिस झुल र ८० थान सर्जिकल मास्क बितरण गरेका हुन् । सामुदायिक बन नजिक रहेको उक्त पुर्णा माध्यमिक बिद्यालयमा रातीको समयमा लामखुट्टेले टोक्ने हुदा उनिहरुको लागी नेकपा माहाकालीका नगर सचिव भिम कुमाल र उनका दाई कल्लु कुमालले ब्यक्तीगतरुपमा खरिद गरि उनिहरुको लागी सर्जिकल मास्क र झुल उपलब्ध गराएका हुन् । माहाकाली नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कमलापती भट्टलाई क्वारेन्टाईनमा बसेकाहरुलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कोभिड १९ रोकथाम तथा नियन्त्रणको बेला माहाकाली नगर क्षेत्रका स्थानियहरुलाई कुमाल दाई भाईको सहयोग सहनिय बताउदै माहाकाली नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कमलापती भट्टले धन्यबाद समेत दिएका थिए ।
Please don't try to Spam :)