पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने माँग राख्दै कांग्रेस कञ्चनपुरद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापन
June 16, 2020
0
दोधारा । नेपाली कांग्रेस कञ्चनपुरले कोरोना रोकथाम एव नियन्त्रणको माँग अघि सारेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ् । मंगलबार नेता कार्यकर्ता सहित पार्टी कार्यालयबाट र्याली सहित प्रशासन पुगेको नेपाली काग्रेस कञ्चनपुरले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र पठाएको हो ।
जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र पठाएको काग्रेस कञ्चनपुरका सभापती हरि प्रशाद बोहराले बताए । काग्रेस सभापति बोहराले सरकार कोरोना रोकथाम एव नियन्त्रणका लागी गम्भिर नभएको समयमै महाविपदबाट बाँच्नका लागि ज्ञापन पत्र पठाएको बताए । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूर खतिवडाले जस्ताको तेस्तै प्रधानमन्त्री कार्यालय पठाउने बताए ।
काग्रेस कञ्चनपुरले महाकाली अस्पतालको स्तरबृद्धि, क्वारेन्टाईन सुधार, कोडिभका लागि आएको बजेट सदुपयोग, पिसिआरको दायरा बढाउनु पर्ने, भारतबाट आएका नागरिकको उचित व्यवस्थापन गर्नुपर्ने लगाएतका कोडिभ १९ बारे थुप्रै सुझाव सल्लाह दिएको छ । कोडिभ १९ बारे सरकारलाई बुझाउने ज्ञापन पत्र कार्यक्रममा नेपाली काग्रेस जिल्लाका नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको थियो । काग्रेस कञ्चनपुरले जिल्लाका निर्माण भएका क्वारेन्टाईनले झन रोगको संक्रमण बढ्ने र जनप्रतिनिधीका लागी कमाई खाने भाँडो बनेको आरोप लगाएका छन् ।
(तस्बिरहरु : सामाजिक संजालबाट)
Tags



Please don't try to Spam :)