कोभिड १९ रोकथाममा दोधारा चाँदनीको सरकारको सक्रियता

pappu kalapani
0
पप्पु गुरुङ्ग 

कोरोना भाईरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा स्थानीय तहको सक्रियता प्रशंसनीय छ् । संघीयताको पूर्ण अभ्यास र कार्यान्वयन यति बेला पुष्टि भएको छ् । स्थानीय सरकारहरुले आफ्नो क्षेत्रमा भाईरस फैलन नदिन गरिरहेका गतिविधि तथा नागरिकहरुको जिउ धनको सुरक्षाका लागि उचालेका पाईलाहरु महत्वपूर्ण छन् । क्वारेन्टाईन निर्माण, सचेतनामूलक कार्यक्रम तथा राहत वितरणमा समेत स्थानीय सरकारको तदारुकता र तयारी पूर्ण रुपमा सन्तुष्ट हुने खालका छन् । पछिल्लो समेत द्रुत गतिमा गरिएको संक्रमण परिक्षणमा पनि नागरिकहरुको सुरक्षालाई महत्वपूर्ण मानिएपनि द्रुत गती परिक्षण मानव शरिरको एन्टवडी मात्रै देखाउने हुदा जनमानसमा द्रुत गती परिक्षणको साटो पिसिआरको जाँच माँगको चौतर्फी माँग रहदै आएको छ् । प्रदेशमा एक मात्र रहेको पिसिआर जाँच गर्ने स्थान धनगडीले जाँचको चाँप बढ्दै गएको अवस्थामा थेग्न नसक्ने अवस्था रहेको भन्दै केही दिनको लागी स्वाब संकलन कार्य समेत बन्द गरेको हो । स्थानिय सरकार भन्दा प्रदेश सरकार र संघिय सरकारको क्वारेन्टाईनबाटै बिरोध गर्न थालेका छन् । प्रदेश र संघिय सरकारले पिसिआर जाँच प्रणालीलाई आम जनता समक्ष पुर्‍याउन नसकेको भन्दै जनता सडकमा उर्लिन बाध्य भएका छन् । स्वास्थ्य माथी खेलवाड गरेको र भ्रष्टाचार बढाएको भन्दै बर्तमान सरकारको चौतर्फी आलोचना भएको बेला स्थानिय सरकारको कोभिड रोकथाम र नियन्त्रणमा गरेको कार्यलाई स्थानियहरुले प्राथमिकता दिदै आएका छन् । अरु स्थानिय सरह माहाकाली नगरपालिका स्थानिय सरकार कोभिड १९ को युद्धमा होमिएको छ् । प्रत्येक बिद्यालय र सार्वजनिक स्थलमा रहेको भवनलाई क्वारेन्टाईनमा परिणत गरेको छ् । उनिहरुलाई खान र बस्नको ब्यवस्था गर्दै आएको छ् । कोरोना भाईरसको संक्रमण बढे संग माहाकाली नगरपालिकाका थुप्रै योजनालाई काटेर स्वास्थ्य क्षेत्रमा लगाएको छ् । माहाकालीमा मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरुलाई भ्याईनभ्याई छ् । जनप्रतिनिधीको कोभिड रोकथाम तथा नियन्त्रणको कार्यमा रातीको समयमा सुत्न र खान समेत नपाएको थुप्रै उदाहरणहरु हेर्न पाईन्छ् । समग्रमा भन्नु पर्दा माहाकाली सरकारले आफ्नो काम जिम्मेवारीपूर्वक गरिरहेका छन् । माहाकाली नगरपालिकाको एक मात्रै स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका स्वास्थ्यकर्मीहरु चौबिसै घण्टा बिरामकिो चाँपमा होमिएका छन् । उता नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि आम जनताको सुरक्षार्थ कटिबद्द छ् । जनताको लागी अभिभावकत्वका कारण माहाकाली नगरपालिका सरकार सक्रियता बढिरहेको छ् । कोरोना संक्रमण रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि माहाकाली सरकारले खाद्यान्न र अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति ब्यवस्थापनमा सहजीकरण गर्न सक्रियता देखाएका छन् । दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, तरकारी, फलफूल, दुधजन्य पदार्थ तथा ग्याँसको नियमित आपूर्तिको ब्यवस्था गर्न पहल गर्ने, अत्यावश्यक बस्तुको विक्री वितरण गर्दा जोखिम कम हुने गरी सामाजिक दुरी कायम गर्ने, कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन नदिन अनुगमन, एलपिजी ग्याास र पेट्रोलियम पदार्थको दैनिक स्टकको रेकर्ड राख्ने र दैनिक उपभोग्य एवं अत्यावश्यक सामाग्रीहरु नियमित आयात तथा ढुवानीमा समस्या हुन नदिन स्थानीय सरकारले कार्य गरिरहेका छन् । माहाकाली सरकारहरुले वडा स्तरिय संकट ब्यवस्थापन समिति गठन गरी कोरोना भाईरसको संक्रमणको रोकथाम, ब्यवस्थापन र नियन्त्रणमा कार्य गरिरहेका छन् । बेलाबखत गैरसरकार संस्था, ब्यक्तीको कोभिड १९ नियन्त्रण तथा रोकथाममा गर्दै आएको सहयोगले स्थानीय सरकारलाई उत्साह भर्दै आएको छ् । कारोना भाइरस रोकथाम तथा नियन्त्रणमा स्थानिय स्तरबाट माहाकाली सरकारले राम्रो सहयोग पाउदै आएको छ् । क्वारेन्टाईनको रेखदेख र नियन्त्रण गर्न स्थानिय युवाहरुले माहाकाली नगरपालिकालाई सघाउदै आएको छ् । केही दिन अघि माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा कोरोना भाईरसको कारण भारतबाट रोजगारी गुमेर नेपाल फर्कने नेपालीहरुको घुईचोलाई थेग्न माहाकाली नगरपालिका सरकारलाई हम्मे हम्मे परेको अवस्थामा आम जनताले आएका नेपालीहरुलाई घरबाटै खानाको ब्यवस्था गरेका थिए । यो माहाकाली नगरपालिकाको सबल पक्ष देखिएको छ् । यस्ले माहाकाली नगरपालिका सरकारको पक्षमा आम जनता रहेको अनुभुती गर्न सकिन्छ् । श्रोत साधनको परिचालन गर्ने देखि नागरिकहरुलाई सेवा दिने विषयले माहाकाली सरकारको प्रभावकारीता बढेको महसुस भएको नागरिकहरुले बताएका छन् । यस्ता सकारात्मक कार्यले मात्रै दिगो विकास लक्ष्यका आधारहरु पूरा गर्न मद्दत गर्दछ ।  आगामी दिनहरुमा कोरोना भाईरसका कारण दिगो विकासका लक्ष्यहरु पनि ओझेलमा पर्ने सम्भावनालाई स्थानीय सरकारले विशेष ध्यान दिनु जरुरी छ् । माहाकाली सरकारले आगामी दिनहरुमा महामारीका बेला क्वारेन्टाईन निर्माण, स्वास्थ्य चोकीको स्तरोन्नति, नागरिकहरुको स्वास्थ्यलाई विशेष ख्याल पुर्‍याउनु पर्छ । आउदै गरेको आर्थिक वर्षको बजेटमा स्वास्थ्य, कृषी र रोजगारीलाई पुर्ण प्राथमिकतामा राख्न माहाकाली नगरपालिका सरकार सफल भए मात्रै स्थानीय सरकारले खेलेको भूमिकाको महत्व देखिन्छ् । तब मात्र नागरिकहरुले घर–घरमा सिंहदरबार आएको महसुस गर्न सक्नेछन् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)