महेन्द्रनगर । कोरना भाइरस कोभिड –१९ पुष्टी भै हाल महाकाली अस्पताल महेन्द्रनगर कञ्चनपुर को आइसोलेसन कक्षमा उपचार गराइरहेका संक्रमितहरुलाई एनएनएसडब्लुए कञ्चनपुर र SEBS-NA (उत्तर अमेरिका) ले पोषण युक्त खाद्य सामग्री हस्तान्तरण गरेका छन एनएनएसडब्लुए कञ्चनपुर र SEBS-NA (उत्तर अमेरिका) ले महाकाली अस्पताल संग समन्वय गरि ५० जना ब्यक्तिहरुका लागि पोषण युक्त खानेकुराहरु सहयोग हस्तान्तरण गरेका हुन । पोषण युक्त खाद्य सामाग्रीमा प्रति ब्यक्ति काजु १६० ग्राम ,बदाम २०० ग्राम ,छोरा २०० ग्राम, च्यावन परास २.५० कि.ग्राम का दरले एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले महाकाली अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशीलाई हस्तान्तरण गरेका छन । संक्रमितहरुको प्रतिरक्षा प्रणलीमा सुधार ल्याउन उदेश्यले पोषण युक्त खाद्य सामग्री वितरण गरिएको कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताए ।

Please don't try to Spam :)