दोधारा चाँदनीमा संक्रमित बढ्दै, भिडभाड पनि बढ्दै !

pappu kalapani
0

पप्पु गुरुङ्ग, दोधारा । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउन खुकुलो बनाएपछि माहाकाली नगरपालिकाका बजारहरुमा भीडभाड बढेको छ् । संक्रमण बढिरहेको बेला सरकारले लकडाउन खुकुलो बनाए संगै बढेको भीडभाडले संक्रमण झन् फैलिने जोखिम पनि बढ्ने त्रास स्थानियहरुमा छ् । माहाकाली नगरपालिका क्षेत्रमा ९ जना कोरोना संक्रमित पुष्ठी भएका छन् ।


भने झण्डै २ सय बढी क्वारेन्वटाईनमा पिसिआरको रिर्पोटको पर्खाईमा बसेका छन् । नेपाल सरकारले एक सूचना जारी गर्दै जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न भने पनि यो नियमको उल्लंघन भइरहेको छ् । माहाकाली नगरपालिकाको बजार, बित्तिय संस्था, बैंकहरुमा भिडभाड बढ्दै गएको छ् । बिना मास्क तथा सामाजिक दुरीको भिडभाडमा मानिसहरु रहदै आएका छन् । सामाजिक दूरी कायम गर्दै मास्क र सेनिटाईजरको प्रयोग गर्न दिइएको निर्देशन व्यापारी तथा वित्तीय संस्थाहरुले समेत पालना भएको छैन् । सबै भन्दा बढी बिहान र साँझको समयमा भिडभाड हुने गरेको छ् । लकडाउन पछि सुनसान बनेको माहाकाली नगरपालिकाका बजार क्षेत्रमा अहिले चहल पहल बढ्दै गएको छ् । लकडाउनको सुरुवाती चरणमा धेरै कडाइ भए पनि अहिले चारै तिर भिडभाड देखिन्छ् । सुरुवाती चरणमा अती आबश्यक काम बाहेक बाहिर ननिस्कने मानिसहरु अहिले सडकमा खुलेआम हिडीरहेका छन् । उनिहरुलाई अहिले कसैेले रोक लगाउन सकेका छैनन् । कोरोना भाइरस नियन्त्रयाको एउटै उपाए हो लकडाउन । तर पनि अहिले सामाजिक दुरीको बेवास्ता गरी बजार क्षेत्रमा सवारी साधन र मानिसको आवत जावतले निकै भिड लाग्ने गरेको छ् । लकडाउन खुकुलो बन्दा कोरोना भाइरस संक्रमणको जोखिम पनि उच्च बन्दै गएको एक थरीको भनाई रहेको छ् । भारतबाट आएका नेपालीहरुको कारण बढे कोरोना भाइरस संक्रमितको संख्या पनि बढ्दै गएको छ् । नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणको लागि जारी गरेको लकडाउन पछिल्लो समय खुकुलो बन्दै जादा कोरोना भाइरस संक्रमितको संख्या पनि दिन प्रति दिन बढ्दै गईरहेको छ् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)