माहाकाली नगरपालिकाले ल्यायो ५४ करोड ७५ को बजेट
June 24, 2020
0
पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ५४ करोड ७५ लाख ८ हजार २ सय २८ रुपिँया बजेट विनियोजन गरिएको छ् । माहाकाली नगरपालिकाको पाँचौ नगर सभाबाट नीति तथा कार्यक्रम सहित ५४ करोड ७५ लाख ८ हजार २ सय २८ रुपिँया बजेटको विनियोजन गरेको हो । नगर सभाबाट १० करोड ८७ लाख, १० हजार चालु र ४३ करोड ८७ लाख, ९८ हजार २ सय २८ पुँजीगत बजेट विनियोजन गरिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको छ । बजेटमा कोरोना महामारी, शिक्षा, स्वास्थ्य, कृषि, उत्पादन र रोजगारलाई प्राथमिकता दिइएको छ् । चालु आर्थिक वर्षमा २ करोड ९६ लाख, १२ हजार आन्तरिक आम्दानीको लक्ष्य राखिएको छ् । बजेटमा संघ सरकारको वित्तिय समानीकरण १२ करोड ५६ लाख, शसर्त अनुदानमा रु. १८ करोड ३३ लाख, राजस्व बाडफाँडमा ८ करोड १८ लाख, ५८ हजार २ सय २८ अर्थ मन्त्रालयबाट बित्तिय समपुरक अनुदानमा रु. २५ लाख, प्रदेश राजस्व बाडफाँडबाट रु. १७ लाख ५७ हजार, प्रदेशबाट बित्तिय समानिकरणमा रु. ७३ लाख २७ हजार, प्रदेशबाट बिशेष अनुदानमा ५३ लाख, प्रदेशबाट समपुरक अनुदानमा रु. ११ करोड ७५ लाख, ४ हजार प्रस्ताव गरिएको छ् । यस्तै सडक बोर्डबाट रु. ३५ लाख र गत वर्षको मौजदा रु. ९ करोड ५० लाख गरि रु. ५४ करोड ७५ लाख ८ हजार २ सय २८ रुपिँया बजेट प्रस्ताव गरिएको छ् । माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले कोरोना महामारीलाई मध्यनजर गरी कृषि उत्पादन, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएर आगामी वर्षको नीति कार्यक्रम तथा बजेट विनियोजन गरिएको बताए । ‘विश्व कोरोना महामारीको चपेटामा छ्, मानवको अस्तित्व संकटमा भएको अवस्थामा कोरोना महामारी रोकथाम, नियन्त्रणलाई मध्यनजर गरी नीति, कार्यक्रम र बजेट ल्याउने प्रयास गरिएको छ् ’ माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले भने– ‘आगामी दिनहरुमा नीति तथा कार्यक्रममा कोरोना महामारी रोकथाम तथा नियन्त्रण सहितका नयाँ रणनिती समावेश गरिदै जाने छौं ।’ बिश्वब्यापीरुपमा महामारीकोरुपमा रहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र उपचारमा नगरपालिकाबाट भईरहेको कार्यलाई निरन्तरता दिने, कोरोना चेक जाँचमा तिब्रता ल्याउन महाकाली अञ्चल अस्पतालमा थप पिसिआर मेसिन आवश्यक देखिएकोले भिमदत्त नगरपालिका लगाएत कञ्चनपुरका स्थानिय निकाय संग समन्वय गरि मेसिन खरिद गर्न सहयोग गर्ने, बिश्वब्यापीरुपमा देखा परेको कोरोना भाइरसको कारण युवा, युवती बेरोजगार रहेको हुदा स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत आवश्यक पहल गरिने नगर सभाले निर्णय गरेको छ् । नगरपालिकाले आगामी वर्ष वडा वडामा बिपन्न बर्गहरुलाई नगर प्रमुख आवास कार्यक्रम, नगर उपप्रमुख आवास कार्यक्रम अघि सारेको छ् । सभाले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य केन्द्र निमार्ण, शहरी स्वास्थ्य केन्द्र संचालन, नगर स्वास्थ्य केन्द्र संचालनमा नगर प्रमुख स्वास्थ्य कार्यक्रम, नगर प्रमुख सुत्केरी पोषण कार्यक्रम समेत अघि बढाईएको छ् । आधारभूत स्वास्थ्य सेवा कार्यक्रम र बाल मृत्युदर न्यूनीकरण र सुरक्षित मातृत्वका कार्यक्रमलाई निरन्तरता दिइएको छ । विपन्न र ज्येष्ठ नागरिकको घर दैलोमा स्वास्थ्य परीक्षण सेवा दिने नीति तथा कार्यक्रम समेत योजनामा रहेको छ् । कोरोना महामारी सहित अन्य संक्रामक रोग रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग रोकथाम नियन्त्रण विशेष अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रम समावेश गरिएको छ । कृषि क्षेत्र विकासका लागि आगामी वर्ष स्वदेशी वस्तुको उपभोग र उत्पादनमा जोड दिईएको छ् । नश्ल सुधार, कृषि मेला, हाट बजार, सित भण्डार, मलखाद ब्यवस्थापन लगाएत कार्यक्रम योजनामा राखिएको छ् । माहाकाली नगरपालिकाको भवन निमार्ण, भ्यु टावर निमार्ण र विपन्न आवाश कार्यक्रम सञ्चालनलाई बजेटमा समावेश गरिएको छ् । माहाकाली नगरपालिका नगर प्रमुख बिर बहादुर सुनारले सञ्चालन गरेको पाँचौ नगर सभामा नगर उप प्रमुख चिनी गिरीले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेकी थिइन् ।
Tags

Please don't try to Spam :)