‘यति वेला कोरोना नियन्त्रण तथा रोकथाम गर्ने कार्यमा सबै भन्दा ठुलो जिम्मेवारी स्थानीय सरकारहरुको काँधमा छ । सीमित स्रोत र साधनका बिच स्थानीय निकायहरुलाई यो काम अवश्य पनि फलामको चिउरा चपाउनु सरह भएको छ् । जनता संग प्रत्यक्ष सम्पर्कमा रहने र सरोकार राख्ने भएकोले स्थानीय निकायहरुलाई यसबाट भाग्ने कुनै छुट छैन् । यो अवस्था उनीहरुको लागि ‘गर या मर’ को अवस्था हो । तर दृढ इच्छा शक्ति भएको चुस्त नेतृत्वको लागी यो एउटा काम गरेर देखाउने गतिलो अवसर समेत हो । जसले यसलाई अवसरको रुपमा लिन सक्छ उसले यो अवसरलाई सहज रुपमा पार लगाएर आफूलाई सबैको एक अब्बल नेता स्थापित गर्न सुनौलो मौका पनि हो’
कोरोना भाईरसको संक्रमणबाट हाम्रो देश पनि अछुतो रहन सकेन् । देशमा कोरोना भाइरसको पहिलो चरणमा माहाकाली नगरपालिका कोरोना भाइरसको कारण भारतमा रोजगारी गुमेर घर फर्किनेको ओईरो लाग्यो । जुन थाम्न नसकिने भिडको अवस्थाको थियो । माहाकाली नगरपालिका र यहाँका स्थानियहरुले घर फर्केकाहरुलाई खाना र बस्न तथा उनिहरुको गन्तब्य सम्म पुऱ्याउन ठुलो कसरत गऱ्यो । नेपालीहरुको पिडालाई देखेर स्थानियबासीले घर–घरबाट खान पकाएर भारतबाट भोकै प्यासै, भारतिय सुरक्षाकर्मीबाट कुटिदै पिटिदै आएकाहरुलाई खाना खुवाए । जुन माहाकाली नगरपालिकाका जनप्रतिनिधी तथा यहाँका स्थानियहरु प्रशंसाको पात्र रहे । अहिले हेर्दाहेर्दै सरकारको कमजोर तयारी र अन्य विविध कारणले गर्दा हाम्रो देश पनि जटिलता तर्फ उन्मुख भईसकेको संक्रमितको आंकडाले देखाएको छ् । देशमा दिनदिनै संक्रमण बढ्दै गएको छ् । पिसिआर जाँचको ढिलाई छ् । यदि पिसिआरको रिर्पोट चाडै आउने हो भने संक्रमण बढी देखिने पक्का छ् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार पुर्ण असफल भएको गुनासो आउदै गरेको छ् । यस्तो अवस्थामा अब हामी कसरी सतर्क रहने भन्ने कुरानै प्रमुख हो । यस्तो अवस्थामा यो चुनौतीलाई सामना गर्न केन्द्र, प्रदेश, स्थानीय सरकार र हामी नागरिकको जिम्मेवारी र कर्तव्य चुकेका महशुस गरिएको छ् । नागरिकहरुले राज्यको उपस्थिति अथवा सहारा त्यति बेला खोज्छन् जति बेला आफू असुरक्षित अथवा अप्ठ्यारो परिस्थितिमा परेको महसुस गर्छ । जती आशा र भरोसा गरे जस्तो सहारा र राज्यको उपस्थिती कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा नभएको प्रष्ट देखिएको छ् । देशमा तिन तहका सरकार पछि जनताले ठुलै आश गरे । तर जनता माथी गरिएको स्वास्थ्य क्षेत्रमा लपरवाहीले सरकार माथी जनताको नैश्यता बढ्दै गएको छ् । सरकारले आफ्नो देशको आर्थिक अवस्था अनुसार आफ्ना नागरिकहरुलाई जति सक्दो स्वास्थ्य जस्तो गम्भिर बिषयमा सहयोग गर्नु पर्ने हो सरकारले जति तदारुकता देखाउनु पर्ने हो, त्यसरी लागेको देखिदैन । साँच्चै भन्नु पर्दा सरकारकै लापरवाहीको कारण कोरोना भाइरसको संक्रमण समुदाय तर्फ फैलिन थालेको जानकारहरु बताउन थालेका छन् । ढिलै भए पनि विदेशमा रहेर अप्ठ्यारोमा परेका नागरिकहरुलाई स्वदेश फर्काउने निर्णय सरकारले गर्यो । जुन स्वागत योग्य थियो । भारतमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने कार्य गरेता पनि उनिहरुको स्वास्थ्य सेवा तथा उनिहरुको ब्यवस्थापनमा सरकार चुकेको देशै भरी ज्वलन्त उदारहण छन् । माहाकाली नगरपालिकामा ३० स्थानमा क्वारेन्टाईन निमार्ण गरि झण्डै ६ हजार स्थानियहरुलाई राखिए । तर उनिहरुको आरडिटी जाँचकै भरमा घर पठाईयो । बनाईएको क्वारेन्टाईनमा सिन्की कोचे जस्ता भारतबाट घर फर्केकाहरुलाई राख्ने कार्य भयो । जुन संक्रमण बढाउनमा सहयोग पुगाउने देखिन्छ् । माहाकाली नगरपालिकाबाट पिसिआर जाँचको लागी स्वाब संकलन गरि धनगढी प्रयोगशालामा पठाईएको ३ सय भन्दा बढीको पिसिआर रिर्पोट अझै सम्म आएको छैन् । क्वारेन्टाइनमा बसेकाहरु पिसिआर रिर्पोटको पर्खाईमा छन् । पिसिआर रिर्पोट नआउदा कयौं घर फर्किसके । जुन बिषय स्वास्थ्का लागी निकै गम्भिर र चुनौतीको बिषय बन्न सक्छ् । नागरिकको उद्धार तथा स्वास्थ्य व्यवस्थापनमा पहिलो दायित्व केन्द्र सरकारकै हुन आउछ । केन्द्र सरकारले यस सम्बन्धमा स्पष्ट नीति तय गर्न नसकेको अवस्था छ् । देश भित्र भएर पनि देशका विभिन्न ठाँउमा अलपत्र परेका, घरमै भएर आफ्नो गुजारा चलाउन नसेकेका, दीर्घ रोगीहरु, अपांगता भएका, अशक्त व्यक्तिहरु र भारत बाहेक तेस्रो मुलुकमा रहेका नागरिकहरु भिसा अवधि सकिएर, रोजगारी गुमाएर अप्ठ्यारो परिस्थितिको सामना गर्दै अरुको देशमा शरण लिएर बसिरहेका र भारतको सिमानामा अलपत्र परेकाहरुलाई उद्धार तथा व्यवस्थापनको स्पष्ट मार्ग चित्र तयार गरी संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी हुन आउछ् । पिडामा रहेको नेपालीहरुलाई राहत वितरण, उद्धार तथा स्वास्थ्य व्यवस्थापनमा सहज वातावरण मिलाउने सरकारको पुर्ण दायित्व रहन्छ् । संक्रमण फैलिएको लामो समय सम्म सरकार विभिन्न फण्डाहरुमा अलमलिनु निकै दुखद छ् । अब पछाडी फर्केर आलोचना गर्नु भन्दा भोलीका दिनमा आईपर्ने समस्याहरुको समाधानको लागी सबै मिलेर द्रुत गतीमा आवश्यक तयारीमा लाग्नु नै उत्तम हुन्छ् । त्यसैले अब केन्द्र सरकारले गर्नु पर्ने कामहरु एक दिन पनि ढिलो नगरी सुरु गर्नु पर्ने जरुरी छ् । त्यसको लागी प्रतिपक्षी दल र बाहिरबाट आम नागरिकहरुले सरकारलाई आवश्यक सहयोग संगै सकारात्मक दबाब दिनु आवश्यक छ् । सरकारले अब लकडाउनलाई केही खुकुलो बनाएर देश भित्रै विभिन्न ठाँउमा बिचल्लीमा परेका नागरिकहरुलाई घर सम्म जाने वातावरण मिलाएको छ् । कोरोनाको कारण चुलो निभेकाहरुको चुलो बाल्दिने काम सबैको हो । घर फर्किएकाहरुलाई क्वारेन्टिन राख्न, आवश्यक चेक जाँच पछी मात्र घर पठाउन र उनीहरुको आवश्यक व्यवस्थापन गर्न सरकार चुकेको छ् । अब प्रदेश सरकारले गर्नु पर्ने कामको बारेमा कुरा गर्नु भन्दा पहिले प्रदेश सरकारहरुले आजका दिन सम्म के गरे भन्ने कुरालाई फर्केर हेर्नुपर्ने हुन्छ् । आज सम्म चाहिने नचाहिने वक्तब्यबाजी गर्ने र तलब भत्ता खाने भन्दा प्रदेश सरकारले यस सम्बन्धमा खास कुनै काम गरेको देखिदैन । वास्तवमा कोरोना नियन्त्रणको लागी अव एक छिन पनि ढिलो नगरी प्रदेश सरकार सक्रिय हुनु पर्ने देखिन्छ । यति वेला प्रदेश सरकारहरुले सर्वप्रथम भारतबाट फर्किएका नागरिकहरुलाई बिशेष ध्यान पुगाएर संक्रमण समुदायमा फैलिन नदिन चाँडो कार्यक्रम अघि बढाउनु आवश्यक छ् । यति वेला कोरोना नियन्त्रण तथा रोकथाम गर्ने कार्यमा सबै भन्दा ठुलो जिम्मेवारी स्थानीय सरकारहरुको काँधमा छ । सीमित स्रोत र साधनका बिच स्थानीय निकायहरुलाई यो काम अवश्य पनि फलामको चिउरा चपाउनु सरह भएको छ् । जनता संग प्रत्यक्ष सम्पर्कमा रहने र सरोकार राख्ने भएकोले स्थानीय निकायहरुलाई यसबाट भाग्ने कुनै छुट छैन् । यो अवस्था उनीहरुको लागि ‘गर या मर’ को अवस्था हो । तर दृढ इच्छा शक्ति भएको चुस्त नेतृत्वको लागी यो एउटा काम गरेर देखाउने गतिलो अवसर समेत हो । जसले यसलाई अवसरको रुपमा लिन सक्छ उसले यो अवसरलाई सहज रुपमा पार लगाएर आफूलाई सबैको एक अब्बल नेता स्थापित गर्न सुनौलो मौका पनि हो ।
Please don't try to Spam :)