दोधारा चाँदनीमा कोरोना संक्रमित संख्या ९ पुग्यो

pappu kalapani
0

दोधारा । माहाकाली नगरपालिकामा थप ५ जना व्यक्ति समेत गरी जम्मा ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ् । सेती प्रादेशिक अस्पतालले प्रेस बिज्ञप्ती जारी गर्दै माहाकाली नगरपालिका क्षेत्रमा थप ५ जना कोरोना संक्रमित रहेको जनाएको छ् । जसमध्य एक ३३ वर्षिय महिला रहेको छ् । संक्रमित भएकाहरुमा २५, २८, ३०, ३३, ४९ वर्षिय रहेको सेती प्रादेशिक अस्पतालको प्रेस बिज्ञप्तीमा उल्लेख छ् । केही दिन अघि सनसाईन बोर्डिङ्ग स्कुलमा निमार्ण गरिएको क्वारेन्टइनमा एक ३८ वर्षिय युवकको पिसिआर जाँचमा कोरोनाको संक्रमण देखिएको महाकाली अञ्चल अस्पताल पछि संक्रमणको लक्षण नदेखिएको भन्दै उनलाई होम क्वारेन्टाईनमा पठाईएको हो । सो पछि २८, ३२ र ३६ वर्षिय ३ युवकमा कोरोना संक्रमण फेला परेको हो । तिनै जनालाई उपचारको लागी महाकाली अञ्चल अस्पताल महेन्द्र नगर पठाईएको छ् । माहाकाली नगरपालिकामा पिसिआर जाँचलाई तिब्र गतीमा बढाउन स्थानिय माँग गर्दा समेत सेती प्रादेशिक अस्पतालमा पिसिआर जााचको लागी स्वाबको चाँप बढेको बताउदै पिसिआर जााचमा ढिलाई हुदै गएको बताईएको छ् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)