काग्रेंस माहाकाली नगर कार्य समितिले क्वारेन्टाईनमा बसेकाहरु संग भेट गर्दै

pappu kalapani
0

दोधारा । नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिले नगरपालिका भरीका क्वारेन्टाईनमा रहेका नागरिकलाई चाउचाउ र मास्क वितरण गरेको छ् ।नेपाली काग्रेंसले विदेशबाट फर्किएका नगरबासी दाजु भाई तथा दिदि बहिनी प्रति सद्भाव र सहयोगका लागी भन्दै चाउचाउ र सर्जिकल मास्क वितरण गरेको हो । नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिका सभापती डम्मर चन्दले माहाकाली नगरपालिका भरीका क्वारेन्टाईनमा पुगी चाउचाउ र सर्जिकल मास्क बितरण गर्दै उनिहरुको अवस्था बुझेका बताएका छन् । हिजो र अस्ती २ दिन लगाएर माहाकाली नगरपालिका क्षेत्रमा रहेको क्वारेन्टाईनमा रहेका नगर दाजु भाईहरुलाई भेट गरेको नेपाली काग्रेंस नगर सभापति डम्मर चन्दले बताएका छन् । काग्रेंसले हरेक क्वारेन्टाईनमा पुगेर दुख पीडा बुझ्दै चाउचाउ र मास्क दिएर महासंकटका बेला दया देखाएको भन्दै भारतबाट फर्किएका नगरबासी हर्षित भएका छन् । नेपाली काग्रेंसले सबै क्वारेन्टाईनमा पुगेर उनिहरुको अवस्था बुझेर चाडै नेपाल सरकारलाई उनिहरुको पिसिआर जाँचको कार्य ब्यापक गर्न दबाव स्वरुप ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नेपाली काग्रेंस क्षेत्रिय सभापती गोपाल दत्त भट्टले बताएका छन् । उक्त चाउचाउ र मास्क बितरण संग क्वारेन्टाईनमा बसेका नगरका स्थानियहरुको अवस्था बुझ्न नेपाली काग्रेंस माहाकालीका नगर सभापती डम्मर चन्द, नगर सचिव राजेन्द्र मल्ल, उपसभापती चन्द्र बिष्ट, तत्कालिन दोधारा गाबिस अध्यक्ष बेल बहादुर राना, नेपाली काग्रेंस क्षेत्रिय सभापती गोपाल भट्ट लगाएतको उपस्थिती रहेको थियो ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)