दोधारा । यति बेला कोरोना कहरले कञ्चनपुर उच्च जोखिममा छ् । ९ स्थानीय तह रहेको कञ्चनपुरमा ६ स्थानीय तहका ३२ जनामा संक्रमण देखिएको छ । जिल्लाका अन्य स्थानीय सरकार कोडिभ १९ रोकथाम तथा नियन्त्रण अभियानमा जुटिरहेका बेला कञ्चनपुरको माहाकाली नगरपालिकामा भने जनप्रतिनिधी माथि प्रमुख प्रशासकिय अधिकृतले कार्यपालिका बैठकमै घाँटी समात्न खोज्दा कमिजको खल्ती च्यातिदिएका छन् । मंगलबार माहाकाली नगरपालिका नगर कार्यपालिकाको बैठक थियो । बैठकमा वडा नम्बर ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले उपभोक्ताबाट हुने काममा १० प्रतिशत रकम भुक्तानीको विषयलाई प्रस्ष्ट पारिदिन प्रमुख प्रशासकिय अधिकृत हरि भट्टसंग अनुरोध गरेका थिए । उनले दुई साता देखि यो विषयमा प्रमुख संग निरन्तर जिज्ञासा राख्दै आए, तर जवाफ पाएनन् । दुवै विच कार्यपालिका बैठकमा भनाभन र तानातान भएको बैठकमा सहभागी प्रत्यक्षदर्शीले बताएका छन । ‘बैठक चलिरहेको थियो, ‘स्रोतले भन्यो, वडाध्यक्ष ज्यू र हाकिम सा’प विच योजनाको रकम काट्ने नकाट्ने विषयमा मुखामुख भयो, वडाध्यक्ष ज्यू कार्यालय प्रमुख नजिकै पुग्दा प्रमुख प्रशासकिय अधिकृत भट्टले घाँटीमा समात्न खोज्दा उनको खल्तिच्यातिदिए ।’ बैठक भित्रै सहकर्मी उपस्थित बैठकमा कमिजको खल्ती च्यातिएपछि जनप्रतिनिधीलाई गिल्टी महसुस भएको स्रोतले बतायो । यति मात्र नभई बैठकबाट आउट भन्दै जनप्रतिनिधी माथि होच्याउने तरिकाले प्रमुखले दिएको अभिव्यक्तिको विषयमा जनप्रतिनिधीले बिरोध जनाएका छन्. । बैठकबाट निष्कासन र निस्किन निर्देशन नगर वा उप प्रमुखले दिनु पर्ने भएपनि प्रमुख प्रशासकिय अधिकृतले यस्तो भनेपछि जनप्रतिनिधीले बिरोध जनाएका हुन् । प्रमुख प्रशासकिय अधिकृत हरि भट्टले बैठकमा समान्य विवाद भएको बताए । उनले उपाभोक्ता मार्फत हुने कामको १० प्रतिशत श्रमदानको रकम पनि वडाध्यक्षले मागे पछि उक्त रकम भुक्तानी गर्न नमिल्ने बताउने क्रममा विवाद भएको बताए । वडाध्यक्ष क्षेत्री आफ्नो ठाँउबाट उठेर मेयर बीर बहादुर सुनारको अगाडी रहेको टि टेबुल उठाएर कुट्न खोजेको उनले बताए । ‘वडाध्यक्ष आफै उठेर म कहाँ आए, ‘उनले भने, ‘मैले घाँटी समातेर खल्ती च्यातेको छैन् ।’ आफुले वडाध्यक्षलाई छुदै नछुएको दावि गरे । नभएको कुरा लगाएर कर्मचारीको बदनाम गर्न नहुने उनको तर्फ थियो । जति काम भयो, त्यति नै भुक्तानी हुने बताउदै प्रमुख प्रशासकिय अधिकृत भट्टले जनश्रमदानको रकम भुक्तानी दिन नमिल्ने बताए । वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले कार्यपालिका बैठकमै आफ्नो घाँटी समातेर हातपात गरेको बताए । ‘उपभोक्ता मार्फत संचालन हुने योजनाको कार्यालय प्रमुखले श्रमदानको रकम घटाएर भुक्तानी गर्ने भनेपछि मैले दुई साता देखि उहाँसंग जिज्ञासा राखेको थिए, ‘उनले भने, ‘बसेको स्थानबाट म, माथि खनिन आईहाले, खल्ती च्यातिदिए, मलाई बैठकबाट बाहिर जाउ भन्यो ।’ आफ ुमाथि हात छाड्ने कुन मनसाय र कारण भएको भन्दै उनले अनविज्ञता प्रकट गरे । आफु जनप्रतिनिधी भएकाले सहनशिलता देखाएको उनले बताए । यस अघिका कार्यालय प्रमुखले स्टमेट गरेको कुल बजेट भन्दा १० प्रतिशत काटेर भुक्तानी नगरेको बताउदै उनले सो रकम काटेपछि जिज्ञासा राख्दैमा हातपात गरेको बताए । अहिले वडाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत विच विवाद चलेको छ । कतिपयले असार मसान्त नजिकिदै जाादा विवादको विषय त्यतातिर जोडेका छन् । महाकाली नगर उप प्रमुख चिनी गिरीले बैठकमा समान्य विवाद भएको बताउदै आपसी विवाद समाधान गरिने बताए । घटनाको जनप्रतिनिधीले दुख व्यक्त गरेका छन् ।
कार्यपालिका बैठकमै जनप्रतिनिधीको गोजी च्यातियो
June 09, 2020
0

Tags

Please don't try to Spam :)