दोधारा । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले मृत्यु दाबी रकम प्रदान गरेको छ । फरवार्डको कञ्चनपुर दोधारा चाँदनी दोधारा शाखा कार्यालयले आज महाकाली नगरपालिका वार्ड नं. १० केन्द्र नं. ३५ कि सदस्य धना देवि सुनारको परिवारलाई मृत्यु दाबि बिमा रकम हस्तान्तरण गरेको हो । मृतक धना देवी सुनारको ५१ बर्षको उमेरमा गए बैशाख १८ गते निधन भएको हुन् ।
उनको कोरोना कोभिड १९ को सरकारले गरेको लकडाउनको कारण उपचार गर्न अन्य अस्पतालमा जान नपाएर मृत्यु भएको हो । उनको श्रीमान् जीत बहादुर सुनार लाई फरवार्डले मृतक परिवारकै उनकै घरदैलोमा गएर मृत्यु दावी रकम भुक्तानी गरेको जनाएको छ । संस्थाले मृतक बीमित परिवारलाई तीस हजार कर्जा मिनाहा गरिदिएको छ भने, बिमा बापत रु. १४ हजार २ सय ३० रुपैंयाँ र काज क्रिया खर्च स्वरुप रु. ६ हजार गरी जम्मा रु. २० हजार २ सय ३० रुपैंयाँ प्रदान गरेको छ् ।
उक्त बिमा रकम माहाकाली नगरपालिका वडा नं.१० का वडाका वडाध्यक्ष नर बहादुर सुनारको हातबाट दिइएको थियो । रकम हस्तान्तरणमा बोल्दै वडाध्यक्ष सुनारले संस्थाले यस क्षेत्रमा आर्थिक उन्नतीको लागी समाजमा निकै प्रसंशनिय कार्य गरेको भन्दै घर दैलो कार्यक्रम मार्फत परिवारमा वित्तिय सेवा पुर्याउदै आएको भन्दै धन्यवाद दिए थिए । उक्त रकमले कोरोना कोभिड १९ को बिषम परिस्थितिमा उक्त विमित परिवारलाई थोरै भएपनि दैनिक जीवनयापनमा सहयोग पुग्ने अपेक्षा छ । कार्यक्रममा दोधारा चाँदनी शाखाका शाखा प्रमुख खुशि राम चौधरीले फरवार्डले गर्ने लघुबित्त कार्यक्रमको महत्वको बारेमा प्रकाश पारेका थिए ।



Please don't try to Spam :)