![]() |
| तस्बिर : आभाष कुञ्ज दैनिक |
दोधारा । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा (देउवा) ले कञ्चनपुरलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेकी छिन् । सुरक्षित मातृत्व संजाल महासंघ नेपाली संस्थापक समेत रहेकी कांग्रेस नेतृ देउवाले कञ्चनपुरका स्वास्थ्य सुरक्षा समाग्री दिएका हुन् । नेतृ देउवाले स्वाथ्यकर्मीका लागि पठाएको स्वास्थ्य सुरक्षा समाग्री एक कार्यक्रमका विच नेपाली कााग्रेस कञ्चनपुरले जनस्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको छ । नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि प्रशाद बोहराले स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारलाई पिपिई १८सेट, सेनिटाईजर ३६ लिटर, थर्मल गन ६ थन, पेपर मास्क १ सय २० पिस, एन ९५ मास्क ७०, स्यानेटरी प्याड ५ सय ७६ थान र फेससिल्ड १८ थान हस्तान्तरण गरेका छन् । स्वास्थ्य सुरक्षा समाग्री ग्रहण गर्दै स्वाथ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले सहयोग प्राप्त समाग्री सबै स्वास्थ्य कार्यालयमा वितरण गरिने बताए ।

Please don't try to Spam :)