दोधारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकले माहाकाली नगरपालिकामा कार्यरत संचारकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ् । संचारकर्मीहरुलाई प्रेस ज्याकेट, एन ९५ मास्क, सेनिटाईजर लगाएत सामग्री प्रदान गरिएको नेपाली काग्रेंस माहाकालीका नगर सचिव राजेन्द्र मल्लले जानकारी दिएका छन् । नेपाली काग्रेंसको चाँदनी पार्टी कार्यालयमा एक कार्यक्रमको बिच कोरोना भाईरसको फ्रन्टलाईनमा उभिएका ४ जना पत्रकारलाई उक्त सामग्री प्रदान गरिएको नेपाली काग्रेंस माहाकालीका नगर सचिव राजेन्द्र मल्लले बताएका छन् । पश्चिम संदेशका पत्रकार पप्पु गुरुङ्ग, अनलाईन पत्रिका माहाकाली अपडेडका पत्रकार भुपेन्द्र ओली लगाएत रेडियो जनवोलीका २ जना पत्रकारहरुलाई प्रेस ज्याकेट, एन ९५ मास्क, सेनिटाईजर लगाएत सामग्री प्रदान गरिएको हो । उक्त कार्यक्रममा नेपाली काग्रेंस माहाकालीका नगर सभापती डम्मर चन्द, सचिव राजेन्द्र मल्ल, नेपाली काग्रेंस प्रदेश सभा सदस्य तथा तत्कालिन दोधारा गाबिस अध्यक्ष बेल बहादुर राना, नेपाली काग्रेंसका नेपाल ट्रेड युनियनका जिल्ला अध्यक्ष तथा नेपाल प्रजातन्त्रीक सम्पर्क महासंघ ७ नम्वर प्रदेशका महासचिव नाफु सिंह साँउद, माहाकाली नगरपालिकाका नगर प्रमुखको सचिवालयका शुरेस गिरी लगाएको उपस्थिती रहेका छन् । कोभिड १९ को युद्धमा अग्रपंक्तीमा रहेका संचारकर्मीहरुलाई सुरक्षार्थ उक्त सामग्री बितरण गरिएको नेपाली काग्रेंसले जनाएको छ् । यस अघि कञ्चनपुरका ४० जना क्रियाशिल पत्रकारलाई समेत सुरक्षा सामग्री प्रदान गरेका थिए भने, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकले रु. ४ लाख बराबरको स्वास्थ्य सामग्री जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई प्रदान गरेका थिए ।
कांग्रेस नेता रमेश लेखकद्वारा दोधारा चाँदनीका संचारकर्मीलाई स्वास्थ्य सामग्री
June 22, 2020
0

Tags
Please don't try to Spam :)