डिप्रोक्स लघुवित्तको चाँदनी शाखाद्वारा २० हजार बराबरको खाद्यान्न सहयोग
June 07, 2020
0
पप्पु गुरुङ्ग, दोधारा । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय माहाकालीले कोरोना भाईरसको कारण भारतबाट रोजगारी गुमेर आएका र क्वारेन्टाईनमा रहेका स्थानियहरुलाई रु. २० हजार बराबर खाद्यान्न सहयोग गरेको छ् । माहाकाली नगरपालिका वडा नं. ४ का क्वारेन्टाइनमा रु. २० हजार बराबरको खाद्यान्न सामग्री प्रदान गरेको डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय माहाकालीले जनाएको छ् । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय शाखा प्रवन्धक मच्छिन्द्र लामिछानेका अनुसार जिरा मसिनो चामल ८ बोरा, ३२ केजी दाल, १६ लिटर तेल, १६ केजी नुन गरी महाकालीका वडा नं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनारमार्फत प्रदान गरिएको हो । कोरोनाका कारण भारतबाट रोजगारी गुमाएर आएका स्थानियहरु क्वारेन्टाइनमा समस्यामा परेको भन्दै उनीहरुलाई थोरै भए पनि सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय माहाकालीका शाखा प्रवन्धक लामिच्छानेले बताए । खाद्यान्न हस्तान्तरण गर्दै माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालयले बिपत्तीको बेला स्थानियहरुको सहयोग गरेको भन्दै धन्यबाद दिएका छन् । डिप्रोक्सले आफ्ना विभिन्न शाखा मार्फत सुदूरपश्चिममा सहयोग गरिरहेको बताईएको छ् ।
Tags

Please don't try to Spam :)