दोधारा चाँदनीका क्वारेन्टाईनमा बसेकाहरुलाई नेपाली काग्रेंका युवाहरुद्धारा खाजा नास्ता

pappu kalapani
0

दोधारा । माहाकाली नगरपालिका क्वारेन्टाईनमा बसेकाहरुका लागी मासु चिउरा खुवाउने कार्य अघि बढाईएको छ् । माहाकाली नगरपालिका वडा नं. ९ र १० को ७ ओटा कोरेन्टाइन रहेका स्थानियहरुलाई नेपाली काग्रेंसका युवाहरुले मासु चिउरा खाजा नास्ता खुवाउने कार्य गरिएको नेपाली काग्रेंसका युवा प्रेम कार्कीले जनाएका छन् । ओमकार आधारभुत बिद्यालय, नोभाइस बोर्डिङ्ग स्कुल, हरिओम अधारभुत बिद्यालय, सृजना आधारभुत बिद्यालय र नवयुग आधारभुत बिद्यालय, अम्बिका माध्यमिक बिद्यालय र सनराइज बोर्डिङ्ग स्कुलको क्वारेन्टाईनमा बस्दै आएका स्थानियहरुलाई मासु चिउरा खाजा नास्ता खुवाईएको नेपाली काग्रेंसका युवा प्रेम कार्कीले बताए ।

नेपाली काग्रेंसका युवा चन्द्र सिंह बिष्ट, अमर बहादुर बुढा, रन बहादुर सुनार, प्रेम कार्की, भरत भण्डारी, हंसे रावत, नर बहादुर रावत, शुरेस गिरी, भुपेन्द्र बुढा क्षेत्रीको सहयोगमा हिजो र आज २ दिन सम्म मासु चिउरा खाजा नास्ता खुवाउने कार्य भएको नेपाली काग्रेंसका युवा युवा चन्द्र सिंह बिष्टले बताएका छन् । ७ ओटा कोरेन्टाइन रहेका झण्डै ६ सय जनालाई मासु चिउरा खाजा नास्ता खुवाउने कार्य गरिएको उनले बताए । कोरोना भाइरसको संक्रमण कारण भारतबाट रोजगारी गुमेर घर फर्केर क्वारेन्टाईन  नेपाली काग्रेंसका युवाहरुले क्वारेन्टाईनमा पुगेर मासु चिउरा खुवाउने कार्यलाई सामाजिक कार्य गरेको भन्दै स्थानियहरुले प्रशंसा समेत गरेका थिए ।

 माहाकाली नगरपालिकाको कार्यमा आफुले थोरै भएपनि सघाउन प्रयास गरेको नेपाली काग्रेंसका युवाहरुले यस्तो माहामारीको बेला आफुहरुले थोरै भएपनि जनतामा सहयोग गर्ने प्रयास गरेको बताएका छन् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)