दोधारा । माहाकाली नगरपालिकाकाको क्वारेन्टाईनमा रहेका स्थानियहरुलाई युवा भिम कुमालले सहयोग गर्दै आएका छन् । उनले माहाकाली नगरपालिकाका बिभिन्न क्वारेन्टाईनमा बसेकाहरुलाई अवस्था बुझ्दै उनिहरुका लागी समय समयमा बिभिन्न सहयोग गर्दै आएका छन् । कोभिड १९ को सूरुवातमा माहाकाली नगरपालिकालाई २० प्याकेट चाउ चाउ, २० प्याकेट बिस्कुट र रु. ५० हजारको चेक रकम सहित सुरु गरेको सहयोग स्वास्थ्यकर्मीलाई स्वाथ्य सामग्री, एम्बुलेन्स चालकलाई पिपिई सेट, सुरक्षाकर्मीलाईलाई स्वास्थ्य सामग्री, खानेपानी, चाउ चाउ, पत्रकारहरलाई स्वास्थ्य सामग्री लगाएत क्वारेन्टाईनमा रहेकाहरुलाई मास्क, सेनिटाईजर लगाएत सामग्री बितरण गरेका हुन् । माहाकाली नगरपालिका संग समन्वय गरि कोभिड १९ को रोकथाम तथा नियन्त्रणको बेला ब्यक्तीगतरुपमा सहयोग गर्दै आएका भिम कुमाल नेकपा माहाकालीका नगर कमिटिका सचिव तथा सनसाईन बोर्डिङ्ग स्कुलकाका प्रबन्ध निर्देशक समेत हुन् । उनले केही दिन देखि क्वारेन्टाईनमा बसेकाहरुलाई तातो पानी र चिया खानेको ब्यवस्था गर्दै आएका छन् । उनले ५ वटा बिद्यालयमा तातो पानी र चिया खानेको ब्यवस्थाको लागी प्रत्येक क्वारेन्टाईनमा एक सेट सिलिन्डर ग्यास सहित चुल्हा, चिनी चायपत्ती प्रदान गरेका छन् । उनले आफ्ना साथीहरु संग सहकार्य गरि थप माहाकालीका अन्य क्वारेन्टाईनमा समेत तातो पानी र चिया खानेको ब्यवस्था गर्न थालेका छन् । उनलाई उनका सहकर्मी भुपेन्द्र दमाई रु.२ हजार, भक्त बहादुर सुनार लिटिल स्टारका प्रबन्धक रु.२ हजार, दिपक महता रु.१ हजार ५ सय, मान बहादुर राना रु. १ हजार ५ सय, धनसरा नाथ रु.१ हजार, मोहन भाट रु. १ हजार, भरत साँउद रु. १ हजार सहयोगले माहाकाली नगरपालिका क्षेत्रमा रहेका क्वारेन्टाईनमा रहेकाहरुलाई तातो पानी र चिया खानेको ब्यवस्था गर्न थालिएको भिम कुमालले बताएका छन् । युवा नेता भिम कुमालको सहयोग गर्दै आउदा माहाकालीका युवाहरु पनि उनि संग जोडिदै आएका छन् । कोरोना भाईरसको नियन्त्रण तथा रोकथाममा सबै य्ुवा एक जुट भई कोरोना संगको युद्धमा लाग्नु पर्ने आह्वान गर्दै युवाहरु एकबद्ध भई कार्य गर्न समेत आग्रह गरेका छन् । युवा नेता भिम कुमाललाई सहयोगी हातहरु बढिरेहका छन् । भिम कुमाल र उनका सहकर्मीहरुले गर्दै आएको युवाको समूहको सामाजिक सञ्जालमा पनि निकै चर्चा भइरहेको छ । कोभिड १९ को नियन्त्रण र रोकथामको अभियानमा आफु र आफ्नो टिम निरन्तरता दिने योजना रहेको युवा नेता तथा सामाजसेवी भिम कुमालले बताएका छन् ।
दोधारा चाँदनीका समाजसेवी युवाहरुद्धारा क्वारेन्टाईनमा रहेकाहरुलाई सहयोग गर्दै, जारी छ जाँगर
June 04, 2020
0

Tags
Please don't try to Spam :)