ऱ्यापिड टेष्टको भरमा दोधारा चाँदनी

pappu kalapani
0

पप्पु गुरुङ्ग 
माहाकाली नगरपालिकाको क्वारेन्टिन अहिले सबै भन्दा ठूलो हटस्पट बन्ने स्थानियहरुमा डर जागेको छ् । माहाकाली नगरपालिकामा २७ निजी तथा सामुदायिक बिद्यालयमा क्वारेन्टिनमा राखिएका २ हजार ५ सय स्थानियहरु बस्दै आएका छन् । उनिहरु भारतको बिभिन्न स्थानहरुबाट कोरोना भाईरसको कारण रोजगारी गुमेर घर फर्केका हुन् । नेपाल सरकारले उनिहरु सबैको पिसिआर टेष्ट गर्न नसकेपछि ऱ्यापिड टेष्टकै भरमा उनिहरुलाई घर होम क्वारेन्टाईन पठाउने कार्य अघि बढाईएको छ् । गाँउमा कोरोना भाइरसको संत्रास बढकै बढ्यै छ् । नेपाल सरकारले लकडाउन संगै नेपाल भारत सिमा सिल गरेपछि भारतिय सुरक्षाकर्मीको कुटाई पाउदै लुक्दै लुकाउदै राती राती भोकै प्यासै पैदल यात्रा तय गरि केही दिन अघि माहाकालीको सिमा क्षेत्रको दशगजा क्षेत्र नजिक नेपालीहरु भारतिय जंगलमा पुगे । स–साना नानी, गर्भवती महिलाको बिचल्लीले मननै बिचलित हुने द्धश्य थियो । उक्त पिडादायिक द्धश्य हेर्दा बर्तमान २ तिहाईको सरकारलाई सराप्नु बाहेक केही थिए । नेपाल सरकारले आफ्नो नेपाली जनतालाई कस्तो अवस्थामा छाडेको होला भन्ने शब्द सबैको थियो । आएका उनिहरु सबै माहाकाली नगरपालिका स्थानियहरु थिएनन् । अन्यपालिकाका धेरै जासो स्थानियहरु थिए । उनिहरुलाई दशगजा क्षेत्रमा टेन्टमा राखियो । सशस्त्र प्रहरी र स्थानिय संगै माहाकाली नगरपालिकाको भुमिका सहनिय रहेको हेर्न पाईयो । खान र पानीले छटपटाई रहेका उनिहरुलाई माहाकाली नगरपालिका, स्थानियहरु र सशस्त्र प्रहरीले उनिहरुलाई खान, पानी र बस्नको बन्दोबस्त गरिदिए । उनिहरु सबैको एउटै गुनासो सुनियो ‘के हामी नेपाली जनता हैनौ र ?’ दशगजामा उनिहरुलाई आश्रय स्थाल बनाएर सुताउदाका दिनहरु उनिहरुका लागी अझै पिडा दायिक रह्यो । कारोना भाइरसको कारण रोजगारी गुमेर घर कष्टपुर्वक घर फर्कदा पनि आफ्नै सरकारले घर आउन नदिएर अन्तराष्ट्रिय सिमा दशगजामा सुताउदाको उनिहरुको नेपाल सरकार प्रतिको हेराई बिरलै रह्यो । माहाकाली नगरपालिकाका स्थानियहरुले भने हाम्रा माननिय दिपक भट्ट कता गए ? भन्ने शब्द सुन्नमा आयो । माहाकाली नगरपालिकाको खुला सिमा क्षेत्रबाट झण्डै लुकी छिपी झण्डै ६ हजा भन्दा बढी भारतबाट आएका अन्यपालिकाका नेपालीलाई माहाकाली नगरपालिकाले आश्रय दिएर उनिहरुको गन्तब्य सम्म पुर्‍याउने कार्य गऱ्यो । ८० वर्षको बुढो ब्यक्ती देखि लिएर सुत्केरी महिला पनि ३ दिन पैदल यात्रा तय गरे भारतबाट आए । उनिहरु सबैलाई माहाकाली नगरपालिका, स्थानिय, सशस्त्र प्रहरीले खान र बस्नको ब्यवस्था गरेका हुन् । भारतबाट आएका माहाकाली नगरपालिकाका स्थानियहरु सबैलाई बिद्यालयमा निमार्ण गरिएको क्वारेन्टाईनमा राखियो । माहाकाली नगरपालिकाको २७ स्थानमा बिद्यालय भवनलाई निमार्ण गरिएको क्वारेन्टाईन भरिभराउ छ् । माहाकाली नगरपालिका र स्थानिय प्रयासले जेनतेन उनिहरुलाई बस्न तथा खानको ब्यवस्था गर्दै आएको छ् । उनिहरुलाई आफन्तहरुले घरैबाट खानाको ब्यवस्था गरिदै छ् । क्वारेन्टाईनको सुरक्षा ब्यवस्था भरपर्दो भने देखिदैन् । माहाकाली नगरपालिकाले क्वारेन्टाईनमा बसेकाहरुलाई पिसिआर जाँचको लागी पहल गर्दै आएपनि नेपाल सरकारले पिसिआर जाँचको ब्यवस्था नगरिदिदा माहाकाली नगरपालिका जनप्रतिनिधीहरुले स्थानिय स्तरबाट थुप्रै कुरा सुन्नु परेको छ् । क्वारेन्टाईन्मा बसेकाहरुले नेपाल सरकारले स्वास्थ्य जस्तो गम्भिर बिषयमा चरम लापरवाही गरेको भन्दै बर्तमान सरकारको बिरुद्ध समय समयमा नारा लगाउन थालेका छन् । माहाकाली नगरपालिकामा क्वारेन्टाईनमा बसेकाहरुलाई ऱ्यापिड टेष्टको आधारमा होम क्वारेन्वटाईनमा पठाईरहेको छ् । ऱ्यापिड टेष्टले कोरोना भाइरस संक्रमण भए नभएको नदेखाउने भएपनि ऱ्यापिड टेष्ट गरेर घर पठाउनु बाहेक कुनै विकल्प नहरेको अवस्था छ् । आज माहाकाली नगरपालिका एक बिद्यालयमा ऱ्यापिड टेष्टमा एकै चोटी १४ जनाको रिर्पोट पोजिटिभ आउदा तर्सिएको अवस्था भने छ् । माहाकाली नगरपालिकाले प्रदेश सरकारलाई पनि गुहारिरहेका छन् तर उनी निराश हुन थालेका छन् । आज मात्रै २ सय ९८ जनाको ऱ्यापिड टेष्टमा २२ जनाको रिर्पोट पोजिटिभ आएको छ् । भन्छन्, ‘प्रदेश सरकारले खासै वास्ता गरिरहेको छैन ।’ स्थानियबासीहरुले कोरोना संकटका बेला प्रदेश सरकार प्रभावकारी हुन नसकेको निष्कर्षमा पुगेका छन् । नोबेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ रोग अहिले विश्वव्यापी चिन्ताको विषय बनिरहेको छ् । यो अत्यन्त संक्रामक भाइरसलाई फैलिन नदिन विश्वको लगभग आधा भूभागमा कडा लकडाउन लगाइएको छ । सबै देशका सबै स्तरका सरकारहरु यही एउटा काममा व्यस्त छन् । नेपाल पनि कोरोना संकट संग जुधिरहेको छ । संघीय गणतान्त्रिक नेपालमा तीनै तहका सरकारहरु कोरोनाको सामुदायिक संक्रमण रोक्न प्रयासरत छन् । संघीय सरकारले देशै भर लकडाउन घोषणा गरेर परीक्षण देखि उपचार सम्मको सक्दो व्यवस्था गरिरहेको छ भने स्थानीय तहहरुले अग्रभागमा रहेर कोरोना विरुद्धको लडाई लडिरहेका छन् । नेपाल सरकारको काम प्रष्टै देखिएको छ । स्थानीय तहहरुले त यति बेला प्रशंसनीय कार्य गरिरहेका छन् । संग संगै सुदूरपश्चिम प्रदेशमा त प्रदेश सरकार नै नभएको हो कि भन्ने टिप्पणी पनि भइरहेका छन् । त्यस्तो टिप्पणी जनमानसबाट मात्रै नभई जनप्रतिनिधिहरुबाटै पनि हुने क्रम बढ्दै गएको छ । परीक्षणका दायरा बढाउन प्रदेश सरकारले कुनै किसिमको भूमिका नगरेको माहाकालीबासीको गुनासो छ् । परीक्षण तथा सुरक्षाका लागि सामग्रीको व्यवस्थामा पनि प्रदेश सरकार सक्रिय नरहेको र केही दिन अघि मात्रै माहाकाली नगरपालिकाको नेपाल भारत सिमा क्षेत्रमा सयौं नेपाली भित्रिदा समेत प्रदेश सरकार र केन्द्रिय सरकार मुकदर्शक बसेको आभाष भएको छ् । सिमा क्षेत्रमा खान र पानी नपाएर ४ दिन रातभरी पैदल यात्रा तय गरि आफ्नो जन्म भुमिमा फर्केका नेपालको लर्कोलाई खान र बस्नको ब्यवस्था गर्न माहाकाली नगरपालिका र स्थानिहरुलाई हम्मे हम्मे परेको थियो । त्यत्ती बेला देखि अहिले सम्म माहाकाली नगरपालिका र स्थानियबासी उनिहरुको सारथी बने । जोखिम न्यूनीकरणका लागि संघीय सरकारले धनगढीमा प्रयोगशाला व्यवस्था गरिदिएको छ । भीटीएमको मौज्दात घटेर सकिने स्तरमा पुगेको छ । एउटा मात्रै पिसिआर मसिनले प्रदेश भरिको भार थामेको छ् । परीक्षणका लागि दक्ष जनशक्तिको अभाव छ, । तर, स्थानीय तहले प्रदेश सरकारबाट आशा नै गर्न छोडिसकेका छन्, सबै संघीय सरकारको मुख ताकिरहेका छन् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)