दोधारा चाँदनीमा बिपद् ब्यवस्थापनको पूर्व तयारी
July 18, 2020
0
दोधारा । माहाकाली नगरपालिकामा बिपद् ब्यवस्थापनका लागि पूर्व तयारी शुरु गरिएको छ । निड्स कञ्चनपुर, युनिसेफ र माहाकाली नगरपालिकाका आयोजना माहाकाली नगरपालिकामा बिपद् ब्यवस्थापनका लागि पूर्व तयारी शुरु गरिएको हो । माहाकाली नगरपालिका कोभिड १९ रोकथाम तथा नियन्त्रण र बाढीको पुर्व तयारी प्रतिकार्य योजना अन्तर्गत बिभिन्न समिती तथा उपसमिति गठन कार्य अघि बढाईएको निड्स कञ्चनपुरका बाढी पुर्व तयारी प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले जानकारी दिएका छन् । कोभिड १९ रोकथाम तथा नियन्त्रण र मनसुन समेत सक्रिय रहेको र कुनै पनि बेला बिपद्को अवस्था आउन सक्ने भएकाले सवै पक्ष तयारी अवस्थामा रहन बिभिन्न समिति तथा उपसमिति गठन गर्ने कार्य अघि बढाईएको निड्स कञ्चनपुरका बाढी पुर्व तयारी प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताएका छन् । माहाकाली नगरपालिकामा खोज तथा उद्धार, शिक्षा, स्वास्थ्य, खानेपानी, कुषी, सुचना समन्वय र संरक्षक समिति गठन कार्य अघि बढाईएको छ् । बाढीको बेला सुचना संकलन तथा ब्यवस्थापन गर्न माहाकाली नगरपालिका कार्यालय एक थान ल्यापटप समेत हस्तान्तरण गरिएको छ् । युनिसेफका प्रतिनिधी दिपक श्रेष्ठ, रोजेश सारु मगर, करक रोकाया तथा निड्स कञ्चनपुरका बाढी पुर्व तयारी प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायको उपस्थितीमा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारलाई एक कार्यक्रमको बिच बाढीको बेला सुचना संकलन तथा ब्यवस्थापन गर्न माहाकाली नगरपालिका कार्यालय एक थान ल्यापटप समेत हस्तान्तरण गरिएको निड्स कञ्चनपुरले जनाएको छ् । माहाकाली नगरपालिकाको वडा नं. १, ३, ९ र १० वडाहरु बाढीको उच्च जोखिम क्षेत्रमा मानविय तथा भौतिक क्षति हुन नदिन पूर्व सावधानी अपनाउन गठित समिति तथा समुदायमा तालिम संचालन गर्ने कार्य समेत अघि बढाईने बताईएको छ् । यसै गरी बिपद्का समयमा चाहिने उद्धारका सामाग्रीहरुको ब्यवस्था तथा सो कार्यका लागि निड्स कञ्चनपुर, युनिसेफ र माहाकाली नगरपालिकाको सहकार्यमा गरिने बताईएको छ् । जगबुडा नदी र महाकाली नदीको कारण नदीमा बाढीको कारण माहाकाली नगर क्षेत्रका बिभिन्न वडा डुवान तथा कटानको समस्या झेल्दै आएको छ् । त्यस्तै गरि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र उपचारमा लागि हाल सम्म अवलम्बन गरिएका कार्यहरुलाई निरन्तरता दिई स्वास्थ्यको मापदण्ड अनुसार थप सर्तकता अपनाउने लगाएतका कार्यक्रमहरु समाबेस गरिएको निड्स कञ्चनपुरका बाढी पुर्व तयारी प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताएका छन् ।
Tags
Please don't try to Spam :)