पप्पु गुरुङ्ग, दोधारा । निड्स नेपाल, युनिसेफ र माहाकाली नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) नियन्त्रणका तथा वर्षाको समयमा हुन सक्ने बाढी र डुबानबाट नगरबासीलाई जोगाउन बाल क्लबलाई २ दिने तालिम सम्पन्न गरेको छ् । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले कोभिड–१९ नियन्त्रणमा माहाकाली नगरपालिकाका स्थानिय, जनप्रतिनिधी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीले उदाहरणीय काम गरिरहेको बताएका छन् । कोभिड–१९ को संक्रमण बढ्दै गएको अवस्थामा सबै युवाहरुले एक जुट भएर महामारी बिरुद्ध एक भएर जानु पर्ने बताएका छ् । निड्स नेपाल, युनिसेफ र माहाकाली नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) नियन्त्रणका बिच वर्षाको समयमा हुन सक्ने बाढी र डुबानबाट नगरबासीलाई जोगाउन २ दिने तालिममा बोल्दै माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले माहाकाली नगरपालिका क्षेत्र बाढीको उच्च जोखिममा रहदै आएको हुदा सबै जना सजक र तयारी अवस्थामा बस्नु पर्ने बताएका छन् । माहाकाली नगरपालिका क्षेत्रमा युवाहरुले बिगतका दिनहरुमा बाढीको बेला गरेको कार्य कोरोना रोकथाम तथा नियन्त्रणमा समाजलाई सघाउदै आएको बताउदै माहाकाली नगरपालिका क्षेत्रमा निड्स नेपालले बिपद् पुर्व तयारी र प्रतिकार्य योजना अन्तर्गत बाल क्लब तथा युवाहरुलाई तालिम दिएर सक्षम बनाउन प्रयत्न गरेको बताएका छन् । माहाकाली नगर क्षेत्रका बाल संजाल र स्थानिय युवाहरु गरि ३० जना युवाहरु २ दिने तालिममा सहभागी भएको निड्स नेपालका ईश्वर उपाध्यायले जानकारी दिएका छन् । सुक्रवार देखि संचालन भएको बाढी पुर्व तयारी र प्रतिकार्य योजना अन्तर्गत बाल क्लब तथा युवाहरुलाई कोभिड १९ रोकथाम तथा नियन्त्रण र बाढी पुर्व तयारी सम्बन्धमा २ दिने तालिमको समापन सत्रका प्रमुख अतिथी माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, बिशिष्ठ अतिथीमा माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी रहेका थिए । निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अन्जु जोशी भट्टको सभापतित्वमा संचालन भएको २ दिने तालिमको समापन कार्यक्रमका तालिम प्रशिक्षक बन, बाताबरण बिज्ञ केशव मलासी रहेका थिए भने, कार्यक्रम संचालन ईश्वर उपाध्यायले गरेका थिए । तालिममा कोरोना भाईरस नियन्त्रण र सम्भावित बाढी र डुबानको नियन्त्रणका लागि गर्नु पर्ने तयारीको बारे जानकारी पाएको तालिमका सहभागीहरुले बताएका छन् । मनसुनको समयमा विपद्का घटना हुन सक्ने स्थानमा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने तथा कोभिड–१९ को संक्रमणको रोकथाम, नियन्त्रण, प्रतिकार्य संगै खोज उद्धार तथा राहतको कार्य गर्दा कोरोना फैलन नदिन पूर्व तयारीमा आफुहरुले सघाउने युवाहरुले प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
Please don't try to Spam :)