दोधारा । भिमदत्त नगरपालिकाबाट भतिजी नाता पर्ने एक किशोरीलाई पकाई फुलाई भारत लग्दै गरेकी एक युवती विरुद्ध मानव वेचविखन विरुद्ध मुद्धा दर्ता भएको छ् । हिजो बिहान भिमदत्त नगरपालिका घर भएका भतिजी नाता पर्ने एक किशोरीलाई बिभिन्न बाहना बनाएर फकाई फुलाई भारत लग्न लागेको अवस्थामा माहाकाली नगरपालिका वडा नं. ७ कञ्चनभोजको नेपाल–भारत सिमा क्षेत्र नजिक स्थानियहरुले रोकेर माईती नेपाललाई खबर गरेका थिए । माईती नेपाल कञ्चनपुर र स्थानियहरुले किशोरीलाई सिमा क्षेत्रबाट उद्धार गरेको थियो । उनिहरुलाई माहाकाली नगरपालिका वडा नं. ७, कञ्चनभोजको नेपाल–भारत सिमा क्षेत्र नजिक रोकेको स्थानियबासी राम सिंह खड्काले जानकारी दिएका छन् । शंकाष्पद् दुई किशोरीलाई भारत जान रोकेर माईती नेपाल कञ्चनपुरको महाकाली झोलुङ्गे पुल बिटलाई खबर गरेको स्थानिय राम सिंह खड्काले बताएका छन् । ‘हामीलाई भारत लगेर बेच बिखन गर्न हुन सक्ने भन्दै शंकाको आधारमा सिमा क्षेत्रमा रोकेका हौ, अनि माईती नेपाललाई खबर गरेका हौ’ स्थानियबासी रामसिंह खड्काले भने । स्थानिय र माईती नेपालको सहयोगमा हिजो बिहान सिमा क्षेत्र नजिकबाट उनिहरुलाई उद्धार गरिएको राम सिंह खड्काले बताए । माईती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टले शंकाष्पद् अवस्थामा भारत लग्न लागेको खबरमा उनिहरुलाई सिमा क्षेत्रबाट उद्धार गरेको बताएका छन् । माईती नेपाल कञ्चनपुरले किशोरीलाई प्रहरी र आफन्तको जिम्मा लगाएको हो । कृष्णपुर नगरपालिका–२ वाणी घर भएकी २२ वर्षीय ममता गिरी विरुद्ध प्रहरीले मानव वेचविखनमा मुद्धा दर्ता गरेको छ् । गिरीले भतिजी नाता पर्ने १४ वर्षीय किशोरीलाई झोलुङ्गे पुलमा राम्रो ‘टिकटक’ बनाइदिने भन्दै फकाएर भारत लैजादै गरेको अवस्थामा माहाकाली नगरपालिका वडा नं. ७ कञ्चनभोजको नेपाल–भारत सिमा क्षेत्र नजिक स्थानिय र माईती नेपालले उद्दार गरिएको हो । किशोरीलाई भारत लग्दै गरेको अवस्थामा गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले जानकारी दिए । उनले बुधबार म्याद थप गरिएको बताउदै उनी माथी मानव बेचविखन तथा ओसारपसार ऐन अन्तर्गत मुद्धा चलाइने बताए । प्रहरीका अनुसार किशोरीलाई आफन्तको जिम्मा लगाइएको छ् ।

Please don't try to Spam :)