पूर्वमन्त्री रमेश लेखक भोली दोधारा चाँदनीमा आउने

pappu kalapani
1

दोधारा । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले दोधारा चाँदनीमा भोली आउने भएका छन् । केही दिन अघि काठमाण्डौबाट गृह जिल्ला फर्केका नेता लेखकले सामाजिक दुरी कायम राख्दै माहाकाली नगरपालिकामा रहेका कार्यकर्ता भेट गर्ने कार्यक्रम तय गरिएको नेपाली काग्रेंसले जनाएको छ् । भोली बिहान वडा नं. १० का रहेको नेपाली काग्रेंसका कार्यकर्ता मिन बहादुर सिंहको घरमा, ११ बजे वडा नं. ७ मा रहेको नेपाली काग्रेंस पार्टी कार्यालयमा, अपरान्ह १२ बजे वडा नं. ६ निवासी तनबिर नेपालीको घरमा, १ बजे भानु क्याम्पस हेल्थ्पोष्टमा, २ बजे वडा नं. ५ निवासी भगिरथ भट्टको घरमा, ३ बजे नगर पार्टी कार्यालयमा, ४ बजे वडा नं. १ मा रहेको दमन बहादुर सिंह घरमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली काग्रेंस माहाकालीको आधिकारी फेसबुक पेजमा जारी बिज्ञप्तीमा भनिएको छ् । 


Post a Comment

1Comments

Please don't try to Spam :)

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete
Post a Comment