कांग्रेसले भोली शनिबार दोधारा चाँदनीमा संसद विघटन बिरुद्ध प्रर्दशन गर्ने

pappu kalapani
0

दोधारा । संसद विघटन बिरुद्धमा नेपाली कांग्रेसले माहाकाली नगरपालिका क्षेत्रमा भोली शनिबार बिरोध प्रर्दशन गर्दै छ् । लोकतान्त्रिक प्रणालीमा संसदीय मुल्य, मान्यताको लागी कांग्रेसले संसद विघटन बिरुद्ध शनिबार एकसाथ ७ सय ५३ पालिकामा बिरोध गर्ने कार्यक्रम अन्र्तरगत माहाकाली नगरपालिका क्षेत्रमा समेत बिरोध हुने कांग्रेस नेता गोपाल भट्टले जानकारी दिएका छन् । कम्न्युनिष्टहरुको तानाशाह बिरुद्ध सबै नेपाली जनता एक जुट हुन समेत आह्वान गरिएको बताईएको छ् । आज नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिको बैठकले वडा तथा टोलबाट कार्यक्रम सहभागी हुन समेत अनुरोध गरेको छ् । बिरोध कार्यक्रम ब्यवस्थापनको लागी मञ्च ब्यवस्थापन, प्रचार प्रसार समिति लगाएत बिभिन्न समिति तथा उपसमिति गठन गरिएको बताईएको छ् । बिरोध प्रर्दशन पछि माहाकाली नगरपालिका वडा नं. ७ स्थित हेल्थपोष्ट बजार क्षेत्रमा कोण सभा गरिने कार्यक्रम रहेको नेता गोपाल भट्टले बताएका छन् । यसको लागी आजै देखि नेता तथा कार्यकर्ता प्रचार प्रसारमा जुटेका उनको भनाई रहेको छ् । नेपाली कांग्रेस नेता बेल बहादुर रानाले प्रधानमन्त्री ओलीको गैर लोकतान्त्रिक एव असम्वैधानिक कदम संविधानमा नभएको व्यवस्था बिरुद्ध कांग्रेस लोकतन्त्र जगाउनका लागि आन्दोनलमा उत्रिएको बताए । माहाकाली नगर क्षेत्रमा हुने भनिएको बिरोध कार्यक्रमलाई नेपाली काग्रेंसका जिल्ला तथा स्थानिय नेताहरुले बिरोध कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काग्रेंस माहाकालीका नगर सचिव राजेनद्र मल्लले जानकारी दिएका छन् । उनका अनुसार जिल्ला सदरमुकाम भीमदत्त नगरपालिका, बेलौरी, बेलडाँडी, पुनर्वास, कृष्णपुर, बेदकोट, शुक्लाफाँटा सहित माहाकाली नगरपालिकामा एक साथ बिरोध सभा हुने बताए । 


Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)