सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सभा, समारोह तथा भीडभाड हुने गरी कार्यक्रम नगर्न आग्रह गरिरहेका बेला संघीय सरकारका मन्त्री भने दलबल सहित कञ्चनपुर पुगेका छन्। आइतबार दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्रको अनौपचारी जानकारी दिन महाकाली नगरपालिका १ मा आयोजना गरिएको कार्यक्रममा पुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारकै आग्रहको खिल्ली उडाएका छन्।
के थियो चाँदनीमा ?
सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि ठाउँ छनौट गर्न उद्योग मन्त्रालयका सह–सचिव प्रकाश दाहालको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। यसअघिको अध्ययन समितिले माहाकाली नगरपालिका ७ कञ्जभोजमा प्रस्ताव गरेपनि दाहाल नेतृत्वको टोलीले माहाकाली नगरपालिका १ स्थित मायापुरी र गौरीशंकर सामुदायिक वनमा सुख्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव गरेको छ। सोहि विषयमा अध्ययन गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्राविधिक टोली कञ्चनपुर पुगेसँगै मन्त्री भट्ट पनि दलबलसहित सो क्षेत्रमा पुगेका हुन्।
मन्त्रालयले स्थलगत अध्ययन गरी सो बारे अन्र्तक्रिया गर्ने कार्यक्रम बनाएपनि मन्त्री नै प्रस्तावित क्षेत्रमा पुग्ने भएपछि औपचारीक कार्यक्रमको आयोजना गरिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले जानकारी दिए। उनले आफूहरु स्थलगत अध्ययनका लागि मात्रै प्रस्तावित क्षेत्रमा गएको बताउदै त्यसको जानकारीका लागि सरोकारवालाहरुसँग होटलमै अन्र्तक्रिया गर्ने कार्यक्रम तय गरिएको बताए।
‘हाम्रो दुई वटा कार्यक्रम थियो, एउटा प्रस्तावित क्षेत्रको अध्ययन गर्ने अर्को त्यसबारेमा ओपेरा होटलमा सरोकारवालासँग अन्र्तक्रिया गर्ने,’ महेन्द्रनगरपोष्टसँग सचिव अर्यायले भने ‘हिजो साँझ मात्रै मन्त्री जी आउने भन्ने सुन्यौ, त्यहि भएर मन्त्री नै आउने भनेपछि सो विषयमा त्यहि जानकारी गराउ भनेर कार्यक्रमको आयोजना गरियो।’
उनले कोरोना संक्रमणका बेला औपचारिक कार्यक्रम गर्न नहुने स्वीकार गर्दै कार्यकर्ताले नै औपचारिक कार्यक्रम आयोजना गर्ने भनेपछि त्यसको जिम्मेवारी मन्त्रालयले लिएको बताए।
‘यस्तो संक्रमणका बेलामा भीडभाड हुने गरी कार्यक्रम गर्नु थिएन, भीड देखेर हामी नै अचम्म पर्यौ,’ उनले भने ‘मन्त्री आउने भनेर स्थानीयले कार्यक्रम गर्ने तयारी गरेका रहेछन्, त्यहि भएर सो विषयमा जानकारी दिन त्यसको जिम्मेवारी हामीले लिएका हौ।’
उता, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सरकारले समेत सभा, समारोह तथा भीडभाड हुने गरि कार्यक्रम गर्न निषेध गरेको बताए। उनले सो कार्यक्रम गर्ने बारे कुनै तयारी नभएको बताउदै आयोजना कसले गर्यो भन्ने बारे समेत जानकारी नभएको बताए।
‘अहिले सरकारले सभा, समारोह तथा भीडभाड हुने गरि कार्यक्रम गर्न निषेध गरेको छ,’ उनले भने ‘यस्तो बेला मन्त्री जीको कार्यक्रम कस्ले राख्यो? निमन्त्रणा कसले बाड्यो थाहा छैन। म त समितिको सदस्यको रुपमा सहभागी भएको थिए।’आइतबार चाँदनीमा भएको कार्यक्रममा मन्त्री भट्टबाट सुख्खा बन्दरगाहको घोषणा गरिने भन्ने प्रचार भएको थियो। तर कार्यक्रममा सो बारे कुनै औपचारिक घोषणा नभइ सुख्खा बन्दरगाह र अन्र्तदेशीय आर्थिक क्षेत्र निर्माणका लागि सामान्य जानकारी मात्रै दिइएको थियो।
https://www.youtube.com/watch?v=dLD_btcB2Ys&feature=emb_logo
Please don't try to Spam :)