शान्ति पुर्नस्थापना गृह संस्था कञ्चनपुरको दोधारा चाँदनी सम्पर्क कार्यालयले मानव बेचविखन विरूद्वकाे १६ औ दिवस भव्यताका साथ मनायो

DC Digital Photo Studio
0

 


दोधारा | शान्ति पुर्नस्थापना गृह संस्था कञ्चनपुरको दोधारा चाँदनी सम्पर्क कार्यालयले तिनवटै तहको सरकार मानब बेचबिखन बिरुद्धको सरोकार भन्ने मूल नारा सहित विभिन्न कार्यक्रम गरी मानव बेचविखन विरूद्वकाे १६ औ दिवस भव्यताका साथ मनाएकाे छ ।

साेमबार दोधारा चाँदनी नगरपालिका-३ स्थित गणेश आधारभूत बिधालयमा मानव बेचविखन विरूद्व नाटक प्रदशनी,प्रोजेक्टर द्वारा जन चेतना मुलक अडियो भिडियो प्रस्तुत गरिएको थियो त्यसै गरि दोधारा चाँदनी नगरपालिका -१ सिमा क्षेत्रमा रहेको सूचना तथा परामर्श केन्द्रमा दिप प्रज्वलन गरिएको संस्थाकी परामर्शदाता रेखा भण्डारी पुजाराले  जानकारी दिनु भयाे ।


सोमबार आयाेजित कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नम्बर-१ का अध्यक्ष बिक्रम चन्द, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी प्रमुख प्रहरी निरिक्षक रोशन पाण्डे , BOP भूमिराज टोलका  प्रतिनिधि, गणेश आधारभूत बिधालय शिक्षक तथा विद्यार्थीहरू, PRCका प्रतिनिधि लगायत सराेकारवालाहरूकाे उपस्थितिमा सचेतनामुलक कार्यक्रम गरिएकाे संस्थाकि परामर्शदाता पुजराले बताउनु भयाे ।

कार्यक्रममा साे विध्यालयका विद्यार्थीहरूलाई मानव बेचविखन विरूद्व सचेतनात्मक विषयमा जानकारी गराईएकाे समेत थियाे ।

कार्यक्रममा बाेल्दै अधिकाशं बक्ताहरूले सबै मिलेर मानव बेचविखन जस्ताे जघन्य अपराधलाई समाजबाट निर्मुल गर्नु गर्नेमा जाेड दिदै प्रतिबद्ता समेत जहेर गरेका थिए । कार्यक्रममा तिनवटै तह सरकारको साझेदारी रहेकाे संस्थाकि परामर्शदाता पुजाराले बताए ।

 




Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)